प्रमेश तमु
बहराइन (अर्घाखाँचीडट्कम) । नेपाली जनप्रगतिशील मंच बहराइनले बहराइनका लागि राजदुत पदम सुन्दाश लाइ उहाकै निबासमा पुगेर भेटघाट तथा परिचयत्मक कार्यक्रम गरेको छ ।
करिब चार महिना पछि ओहोदाको प्रमाणपत्र ग्रहण गरेपश्चात पहिलो पल्ट राजदुत सुन्दासले सार्वाजनिक रुपमा भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई स्वीकार गर्नु भएको थियो | यो भन्दा अगाडी केहि प्राबिधिक कारणबश कागजी प्रकृया पुरा नभएको र तत्काल सार्वाजनिक कार्यक्रम र निमत्रणामा सामेल हुन उचित नहुने कारण देखाउदै उहाले कुनै पनि कार्यक्रमलाइ अस्विकार गर्दै आउनु भएको थियो ।
ओहोदाको प्रमाणपत्र ग्रहण गरेसंगै अब उहा सार्वाजनिक रुपमा बहराइनमा रहेका सम्पूर्ण नेपालिहरुको बिचमा साझा अबिभाबक भइ रहने र नेपालिहरुको समस्या र यसको समाधान प्रति लागि परिणाम मुखी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
भेटघाट तथा परिचयकै क्रममा उहाले संक्षिप्त रुपमा आफ्नो राजनीति यात्रा, नेपालमा बिद्धमान जातीय छुवाछुद जस्ता विभेद पूर्ण नीतिको बिरुद्ध आफुले अग्र स्थानमा रहेर खेलेको महत्वपूर्ण भूमिका लगायत आफ्नो व्यक्तिगत जिबन र पेशा बारे पनि खुलेर अबगत गराउनु भएको थियो।
जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको हालको नेपालको संबिधान प्रगतिशील र उतकृष्ट रहेको भन्दै उहाले समानुपातिक, समाबेशी राज्यको नीति तथा अहिलेको संविधानकै कारण आफु राजदुत जस्तो ओहोदामा बहाली हुन पुगेकोमा खुसि ब्यक्त गर्नु भएको थियो ।
परिचयकै क्रममा नेपालि जनप्रगतिशील मंच बहराइनका अध्यक्ष नारायण रपाल बिस्वकर्माले यहाको बस्तु स्थिति र श्रामजीबी मजदुरको समस्या र समाधानबारे केहि सुझाब समेत पेश गर्नु भएको थियो भने मन्च का सदस्य समेत रहनु भएका तामांग सेवा समाज का नवनिर्वाचित अध्यक्ष सोनाम दोङ्, प्रमेश तमु, उपाध्यक्षहरु युबराज केसि, हिमलाल पाण्डे , रामु काफ्ले , सचिब सरोज गिरि , कोषाध्यक्ष गेहराज घर्ती मगर, अनुपमा खडका लगायतले आ आफ्नो सुझाब प्रस्तुत गर्नु भएको थियो ।