प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का

टेक राज थापा
दोहा । प्रतिनिधि सभाको आगामी मङ्सिर १० मा हुन गइरहेको चुनावमा काठमाडौ ३ नम्बर प्रदेश सभाको समानुपातिक तर्फबाट जानुका बस्नेत खड्का उम्मेदवार बन्नु भएको छ । कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार तथा महिला बिभागकी सचीव समेत हुन । सन् २०१३ देखि एकता समाजमा आबद्ध रहि सक्रिय रहेर काम गर्दै आएकी एक असल क्षमतावान  नेता पनि हुन ।ओखलढुंगा ४ खिजिदेम्बामा बुबा निला बहादुर बस्नेत आमा रत्नमाया बस्नेत कोखबाट जन्मेकी जानुका बस्नेतले शिक्षा क्षेत्रमा SLC २०५५ सालमा ओखलढुंगाबाट प्रवीणता प्रमाणपत्र तह (IA) पास गरेकी छन । हाल : ललितपुर महालक्ष्मी महानगर पालिका ४, ललितपुर बस्दै आएकी छन । उनका श्रीमान कतार स्थित प्रतिस्ठान कम्पनीको हाइपर मार्केट्मा कार्यरत छन ।
सम्पुर्ण नेपाली बुबा आमा दाजु भाईदिदिबहिनीहरुमा आफ्नो अधिकारको सुन्क्षित गरि अमुल्य मत राष्ट्रिय जनमोर्चालाई मतदान गरि मतको सहि सदुपयोग गर्न गराउन, एकता समाज अन्तर्गत आबद्ध विभिन्न एरिया इकाई बिभागका कार्यकर्ता एबम सुभचिन्तहरु यहाँहरुमा आ-आफ्नो क्षेत्रमा प्रदेशमा चुनावी प्रचार-प्रसार गरि सहयोग गर्न र गराउन गणतन्त्र राष्ट्रियताको रक्षा गरौँ, समृद्ध नेपालको निर्माण गरौँ राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई गिलास चिन्हमा मतदान गर्न गराउन समाजका अध्यक्ष लुमाकान्त पुनले हार्दिक अपिल गरेका छन ।
राष्ट्रिय जनमोर्चालाई मतदान किन ?
१. गणतन्त्र, राष्ट्रियता धर्म निरपेक्षता र जनताको मौलिक अधिकारको रक्षा र सुदृढ गर्न ।
२ संघीयताको खारेज गर्न, संविधानको कार्यान्वयन गर्न ।
३. प्रजातान्त्रिक बिकेन्द्रीयता र स्थानीय स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रणाली स्थापना गर्न ।
४. जातीय क्षेत्रयबाद साम्प्रदायिकता र राष्ट्रिय बिखण्ड्नलाई रोक्न ।
५. देशको अर्ध सामन्ती र अर्ध औपअनिवेशिक आस्थाको अन्त्य गर्न ।
६. जलस्रोत उधोग, पर्यटन र कृषिको बिकास गरि समृद्र नेपालको निर्माण गर्न ।
७. बिकेन्द्रीयता र सन्तुलित बिकास निति बनाउन ।
८. भस्टाचार तस्करी र कालोबजारी रोक्न ।
९. जेष्ठ नागरिक एकल महिला, अपाङ्गगता भएका ब्यक्ति, दलित, उत्पीडित मधेसी र बालबालिकाहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न ।
१०. बिदेश स्थित नेपालीका समस्या समाधान गर्न ।
११. बिकासको फल न्यायोचित रुपमा बितरण गर्न ।
१२. गार्मिण, पिछडिएका क्षेत्र तथा समुदायको बिकास गर्न ।
१३. शहर तथा गाउँमा एकीकृत र आधुनिक बस्ती बिकास गर्न ।
गिलास चिन्हमा मतदान गरि राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई बिजयी बनाउन सबैमा अनुरोध गरेका छन ।