कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

टेक राज थापा
कतार । लाफा इन्भेष्टमेण्ट कम्पनीले वैदेशिक साखा मध्य पहिलो पटक नेपाल बाहिर भब्यका साथ सम्पन्न गरेको छ । “एकता नै बल हो, ईमान्दारिता नै धर्म हो” भन्ने मूल आदर्शलाई आत्मसाथ गर्दै आर्थिक समृद्धिका लागि लाफा इन्भेष्टमेण्ट लि. बि.सं.२०७३ कार्तिक १० गते विधिवत रुपमा नेपाल सरकारमा दर्ता भई स्थापित नेपाल, हङकङ, द.कोरिया, जापान, बेलायत, कतार, मलेसिया, अमेरिका, ईजरायल, इटली, बरमुडा, कुवेत तथा युएई लगायतका क्रियाशिल मगरहरुले स्थापना गरेको छन ।
सामुहिक लगानीवाट शुरु भएको लाफा इन्भेष्टमेण्ट लि. कम्पनीको “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ नोभेम्वर २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट लिमिटेडको अन्तरकृयाकार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
दोहा स्थित नज्मा स्थित गोर्खा रेष्टुरेण्टको सभा हलमा लाफा इन्भेष्टमेण्ट लि . शाखा कतारका संयोजक महेन्द्र थापा मगरकोे सभापतित्वमा, लाफाका बोर्ड अध्यक्ष/प्रबन्धक चन्द्रज्योती आलेको प्रमुख आतिथ्यमा भएको थियो ।
विशिष्ट अतिथिहरुमा बोर्ड सदस्य तथा कानुनी मामिला प्रमुख अधिवक्ता रक्षा ब. रैका मगर र नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर ब. रोका मगर हुनुहुन्थ्यो भने अतिथिहरुमा तनहुँ सेवा समाज का अध्यक्ष केश गुर्माछाने मगर , कास्की आर्दश सेवा समाज, कतारका अध्यक्ष मन प्रसाद राना मगर र सद्भाव युवा समाज, कतारमा महासचिव नरजन रानामगरको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कतारका ब्यापारि ब्यबसायि, सामाजिक अभियान्ता, लगायत कतारवासी मगर तथा गैर मगरहरुको बाक्लो उपस्थित रहेको थियो । भने हल खचाखच भरिएको थियो। लाफाको संस्थापक सदस्य मन कुमार रोकिम मगरले आगन्तुक पाहुनाहरुलाई कार्यक्रमको वारेमा प्रष्टाउँदै स्वागत मन्तब्यवाट स्वागत गर्नु भएको थियो ।
कम्पनिको बोर्ड सदस्य तथा कानुनी मामिला प्रमुख अधिवक्ता रक्षा ब. रैका मगरवाट लाफा कम्पनि कम्पनी के हो ? किन स्थापना भयो ? यो कसरी चलेको छ ? र लाफा खोल्नुको महत्वको बारेमा प्रस्तुतीकरण को साथमा अबधारणा प्रस्तुत गर्नुका साथै प्रमुख अतिथिवाट बिदेशमा बस्ने नेपालीले किन लगानी गर्ने भन्ने बारेमा प्रष्टाउनु भएको थियो ।
लाफा इन्भेष्टमेण्टले विभिन्न रास्ट्रमा रहेका मगर समुदायहरुलाई लक्षित गर्दै समग्रमा मगरलाई ब्यापार व्यावसायिक उद्द्मिसिल बनाउनको लागि सामाजिक संघसस्थाले एक स्थानमा उभिएता पनि हाम्रो आर्थिक समृद्धि आबस्यकता परि पुर्ती गर्नको निम्ति देशबाहिर विभिन्न पेशा सङलता रहेका सामाजिक अभियन्ता ब्याक्तित्वहरुको सुभाब सल्लाह लाई आत्मसात गर्दै एकै आवजमा गोल्बन्दित गर्ने हेतुले बृहत छलफल पच्यात अगाडि बढेको बताए ।
उहाँहरुले सहभागिहरुबाट लाफाको वारेमा गरिएका प्रश्नहरुको जवाफ दिनु भयको थियो भने कम्पनिको अबधारणा मन परायर सहभागी मध्ये १०० जना भन्दा बढीले कार्यक्रम स्थलमै कम्पनिको शेयर लिने प्रतिबद्दताका साथमा शेयर सदस्यता फारम भर्नु भएको थियो भने विभिन्न कारण बस उपस्थित हुन नसक्नु भएकाहरुले फारममा आफ्नो नाम दर्ता गराउनु भएको थियो ।
उक्त दिनमा शेयर सदस्य खरिद गर्नु भएको नव सदस्यहरुलाई कम्पनिका अध्यक्षवाट धन्यवाद सहित खादा ओढाएर स सम्मान सबैलाई कम्पनी हार्दिक स्वागत गर्नु भएको थियो । लाफा भिलेज निर्माण गर्ने एक घर एक लगानी प्रत्येक एक घरको लगानी उद्दमसिल अहिले सम्म कुल पन्ध्र करोड इनभेस्ट्मेन गरि सकेको बताए ।
तत्काल बौआय विभिन्न क्षेत्रमा लगानी गर्ने बित्तीय संस्था संचालन गर्ने ब्यापार ब्यबसाय गर्न उत्साहित ब्यक्तिहरुलाई संयुत्त लगानी गर्नमा अभिप्रेरित गर्ने समृद्धि जीवन यापन गर्न संरचना राम्रो कम आए भएका साना ब्याबसायीक बिपन्न बर्गका मध्य वर्ग र सम्पन्न बर्गलाई लक्षित गर्दै अगाडि बढ्ने बाताबरण श्रीजना गर्ने बताए ।
सम्बन्धि विषयहरुमा योग्य संग प्रमर्श लिएर अगाडी बढ्ने बताए । एकता र इमानदारीता एकता नै बल हो इमानदारीता नै धर्म हो ,भन्ने आदर्शलाई सधै पालना गर्नु पर्ने हामी सबैको कर्तव्य हो । इमानदारीताले बिस्वस्नियता पैदा गर्दछ । लाफा इन्भेष्ट्मेण्ट लि.ले तत्कालीन दुईवटा योजना अघि सारेको उल्लेख गर्दै शहरको भिडभाडदेखी टाढा सुबिधा सम्पन्न हरियाली र स्वास्थ्य बाताबरणमा बस्न रुचाउनेहरुको लागि संयुत्त आवास निर्माण गर्ने अवधारणा अघि सारेको बताए ।
लाफा इन्भेष्ट्मेण्टले कलंकी मकालुदेखि ६ किलोमीटर दुरिमा रहेको नागार्जुन नगरपालिकाको स्वीट्जरल्यान्ड पार्क नजिकै जग्गा छनौट भैसकेको बाताबरण दृष्टिकोणले सुन्दरताले भरिएको बिहान सर्यादयको अनुभती लिन सकिनेका साथै एकै बसाईमा काठमाडौ, भक्तपुर किर्तिपुर, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश, लाङटाङ, त्योत्सो गौरीशंकर आदि मनमोहक हिमालको अबलोकन गर्दै फागुन चैतको बेला गुराँस फुलेको दृश्य देख्न सकिने पर्यटकीय हिसाबले अति सम्भाबित यस क्षेत्रमा इन्द्र दह, बिन्धाबासेनी, मनकामना मन्दिर तीन पोखरी गुम्वा जाने तिर्थयात्रीहरुको घुइँचो लाग्ने गर्द्छ ।त्यहाबाट १ किलोमीटर नजिक अल्का अस्पताल रहेको बताए ।
लाफा भिलेज कस्तो हुनेछ ?
१. यो बाताबरणमैत्री अत्याधुनिक सुबिधा सम्पन्न बस्ती हुनेछ
२. परम्परागत शैलिका तर भुकम्प प्रतिरोधात्मक सबै सुबिधा युत्त घरहरू हुने छन ।
३. बिजुलि ,टेलिफोन आदिका तारहरु जमिन मुनिबाट लगिनेछ ।
४. स्वास्थ्य खाने पानी तथा ढल निकासको राम्रो ब्यबस्था हुनेछ ।
५. बालबालिकाहरुको लागि किन्डरगार्टन तथा खेल मैदान ब्यबस्था हुनेछ ।
६. बृद्वबृद्धाहरुको लागि उपयुक्त आराम गर्ने तथा शारीरिक अभ्यास गर्ने स्थानको ब्यबस्था हुनेछ ।
७. युवाहरुको लागि हेल्थल्कवको ब्यबस्था हुनेछ ।
८. सुपरमार्केट ,रेस्टुरेन्ट ,रिसोर्ट आदिको ब्यबस्था हुनेछ ।
९. शिघ्र उपचारको लागि स्वस्थ्य चौकीको साथै सहरसम्म दैनिक आउन जानेको लागि सट्ल बसको ब्यबस्था हुनेछ ।
१०. मगर संग्रहालयको निर्माण गरिने छ ।
नेपाल बाहिर सिकिएका सिपलाई स्वदेशमा गोल्बन्दित गर्ने लाफाको लक्ष्य रहेको छ ।