भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँची ड्टकम दिल्ली संवाददाता
देहरादुन, भारत । भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजले कार्यक्रम सम्पन्न गरेको छ । 
 शहरमा नेपाली देशभक्त आवाजको कार्यक्रम नेपाली सुपर स्टार महानायक राजेश हमालको बेजोड प्रस्तुती नेपाली देशभक्त आवाजले सामाजिक काम मात्रै नभै कला, संस्कृति खेल प्रतिभाको बिकाशको साथ साथै नेपाललाइ बिश्व माझ चिनाउने उदेश्य सहित प्रवासमा दुख पाएका नेपालीहरु लगायत बेचिएका चेलिहरुको उद्दार गर्दै आएको सबैलाइ अबगत भएकै कुरा हो। 
 
नायिका निरुता शाही, गायिका भावना आचार्य  र मोडल आरुशी मगर बेजोड प्रस्तुतिमा महानायक राजेश हमालको ” तिरिरी मुरलिको धुन” र “झ्याइ पारम निरुता सिङ” भन्ने गितमा दर्शकहरुलाइ नचाउदै आफू पनि नाचेका थिए । 
नेपाली देशभक्त आवाजले यहि 6 दिसेम्बर बुधबार को दिन हिमाचल प्रदेशको शोलनमा महानायक राजेश हमाल संगै कार्यक्रम को आयोजना गरिएको नेपाली देशभक्त आवाजले बताएको छ ।
देहरादुन स्थित कार्यक्रममा स्थानिय नेपाली बासिन्दा तथा गोर्खाली सुधार सभाका बरिस्ठ नागरिकहरुको उपस्थिति रहेको थियो सो कार्यकमको अध्यक्षता बाबु रोका मगर रहेका थिए भने कार्यक्रम संचालन लोग गायक तथा हास्य कलाकार मिलन सापकोटा ले गरेका थिए ।