इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग

अनिल सिंह राजपुत
तेलअभिव, इजरायल । तिहार २०७४ को अवसरमा अन्तरास्ट्रिय कलाकार मन्च, इजरायलको आयोजनामा तथा बिभिन्न १० संघ-संस्थाहरुको सह-आयोजकत्वमा भएको सामुहिक तिहार सांगीतिक सांझ २०७४” गत अक्टोबर २० तारिक २०१७ शुक्रवार को साँझ २०७४ तेलअभिव स्थित हगना – १३५ बेतबारबर हलमा अध्यक्ष सिता घिसिङ्ग ज्युको सभापतित्वमा र पेमा लामा ज्युको संयोजकत्वमा रहेको कार्यक्रम बाट संकलन भएको १ लाख (१,००,०००/-) रुपैया , अन्तरास्ट्रिय कलाकार मन्च, इजरायलका कोष-अध्यक्ष अनिल सिंह राजपुत ज्युको हात बाट पठाएको थियो । 
उक्त सहयोग रकम मिर्गौला पीडित वरिष्ठ संगितकार तथा गायक पुर्ण गुरुङलाई सामाजिक अभियान्ता शुकमाया तामाङ र कार्यक्रमका सह-आयोजक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाका केन्द्रीय अध्यक्ष राम शरण बानिया लगायतको टिमले गुरुङको घरमै गएर हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रमलाई सफल बनाउन को निमित खट्नु भएका अन्तर्राष्ट्रिय कलाकार मन्च, इजरायलका सम्पूर्ण मेम्बर हरु, सह-आयोजक संघ-संस्थाहरु, स्पोन्सर ज्युहरु, मिडिया कर्मी मित्रहरु, DJ बिपिन तामाङ ज्यु लगायत उपस्थिति सम्पुर्ण इजरायलमा कार्यरत नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुमा संस्थाको तर्फबाट हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दै अन्तर्राष्ट्रिय कलाकार मन्च, इजरायल (शाखाको) महासचिव कुमार आङ्देम्बे(अबि) ज्युले सामाजिक संझाल बाट सार्वजनिक गर्नु भएको छ।