कृष्णनगरबाट दिल्ली जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्‍यु

बुटवल हुँदै कृष्णनगरबाट दिल्ली लाजपतनगर (सरौजिनगर पकौडामार्केट) जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्‍यु भएको छ । दुर्घट्नामा दर्जनौ सामान्य घाइते भएका छन् ।  मृत्‍यु हुनेमा प्युठान जिल्लाको बाग्दुलाका एकै परिबारका ३ जना रहेका छन् । उनिहरुको परिचय खुल्न सकेको छैन । यस्तै बसमा सवार अर्घाखाँची २२ जनाको अबस्था सामान्य रहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । 

अर्घाखाँचीडट्कम संवाददाता 
दिल्ली । आज बिहान कृष्णनगर देखि भारत उत्तर प्रदेशको आनन्द बिहार आउदै गरेको  बस नम्बर युपी 22T4263 लाई बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको फैजावादको  रौनक पुलिसले जानाकारी दिएको  छ ।बसलाई ट्रकले बिहान करिब ४ बजे ठक्कर दिएको हो । गाडीमा करिब ९० जना सवार भएको एक यात्रुले बताएकी छन्    ।
दिल्ली नेपाल चल्ने अन्य धेरै गाडीहरु छन् तर ट्रावलको नाममा अवैध धन्दा समेत हुने गरेको छ । जुन ट्रावल्सको कुनै पनि गाडीहरु छैन केवल दिल्ली र नेपालमा सम्पर्क कार्यालय बनाएर यात्रुलाई ओसारपसार गरिरहेका छन् यस्तो कार्यले बिच बाटोमा गाडी दुर्घटना वा अन्य समस्या पर्दा त्यस्ता ट्रावलले यात्रुलाई न गन्तव सम्म पुर्याउछन सक्छन् भने न यात्रुको जन धनको सुरक्षा नै हुन्छ ।
न्यु सुपा देउराली मा टुर एण्ड ट्रावल्सले भाडामा लिएको गाडी दुर्घटना भएको हो । हामीले नेपाल कार्यालय र दिल्लीमा रहेको कार्यलयमा सम्पर्क गर्दा केही जनाकारी पाउन सकिएन  केवल सामान्य घटना हो भने यधपी घटना स्थलमा रहेका एक जनालाई सम्पर्क गर्दा ठुलो दुर्घना भएको बताएका छन् करिब ३  जनाको मृत्यु भएको र अन्य यात्रुहरु घाइतेलाई   नजिकैको सरकारी अस्पतालमा राखिएको छ   । प्युठान बल्दुल्लाका एकै परिवारक ३ जनाका(जसको घटाना स्थलमै मिर्त्यु भएको थियो ) आफन्त भने पंजाव र नेपालबाट आउँदै गरेको  बताएका छन् ।   मृतकका आफन्तले उक्त ट्रावल्समा सम्पर्क गर्न नसकिएको    गुनासो गरे ।

अन्य समाचारहरु