युवराज थापा ,
कपिलवस्तु (अर्घाखाँचीडट्कम) । कपिलवस्तु जिल्लाको बनगाई गेरुवाबाट ३ दिन देखि एक महिला बेपत्ता भएकी छिन् ।
कपिलवस्तुको त्रिपाल नगर माइत भई गेरुवा बनगाई घर भएकी रमेश बहादुर नेपालीकी छोरी दिपक परियारकी २१ बर्षिया श्रीमती राधा परियार यहि गत पुष ६ गते बिहान देखि सम्पर्क बिहिन रहेकी छिन् ।
यहि गत पुष ५ गते बेलुका आफ्नो माइती घर त्रीपाल नगर कपिलवस्तुबाट आफ्नो घर फर्केकी राधा पुष ६ गते बिहान घर देखि बेपत्ता भएकी हुन् ।
उनकी जन्म दिने आमा टिकासरी नेपाली र बाबू रमेश बहादुर नेपाली ससुरा छन्तेल परियार लगायत सम्पुर्ण उनका घर परिवारहरु उनी बेपत्ता भए लगत्तै अत्यन्तै चिन्तित छन् । राधा परियारलाई देखेमा मोबाईल नम्बर -९८६९५२६३१६ मा सम्पर्क गर्न सकिनेछ ।