यूवराज थापा
दुबई/अर्घाखाँचीडट्कम- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वडा न -१० अमराईका ३५ बर्षिय नारायण भुसालले दुबईको सारजामा आफु बस्ने कोठा भित्र ढोका बन्द गरि फ्यानको कुंडूलिमा पासो लगाएर येही मिति पुष १६ गते आइतवार बिहान करिब ८-देखि ९ बजेको बिचमा आत्महत्या गरेका छन् !
उनले आत्महत्या गर्नुको अघिलो दिन आफ्ना साथि कृष्ण भूसाललाइ दाइ मेरो दातमा समस्या आएको छ मलाइ तेती सन्चो छैन भोलि बिहान आउनुहोला हस्पिटल चेकअपको लागि सँगै जानु छ भनेर फोन काटेका भुसाल बिहान झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए !
उनले काम गर्ने” हवात अल अरुज” होटेलको मालिकको भनाइ अनुसार बिहान ५ -बजे नारायण भुसाल डिउटिमा हाजिर हुनु पर्ने थियो तर उनि -५ बजे होटेलमा पुगेका थिएनन् उनले बिगत ७ महिना देखि हावात् अल अरुज होटेलमा कुक म्यानको काम गर्दै आएका थिए उनि संग् ३ जना भारतीय साथीहरु पनि एक साथ् कोठामा रहने गर्दथे आत्महत्या गर्ने नारायाण भुसालको डिउटी समय ५ बजे थियो भने अन्य ३ जना भारतीय उनका साथीहरुको डिउटी समय ७ बजे बाट थियो भनेर होटेल मालिक बताउछन !
उनका मालिकले भारतीय स्टाफहरुलाई नारायाण डिउटीमा आएन भनेर प्रश्न गर्दा उनि कोठामा सुतिरहेको छ भनेर ३ जना भारतीय हरुले जवाफ दिएका थिए ! मृतक भुसाल कार्यरत रहेको होटेल उनि बस्ने कोठा देखि एकदमै नजिकको दुरीमा रहेको र भूसाल लगायत अन्य उनका ३ भारतीय साथीहरु बस्ने उक्त कोठा -कोठा मात्र न भएर एक साइडको कोठामा “हवात अल अरुज होटेलको स्टोर रुम पनि बनाइएको थियो जसका कारण उनिहरु बस्ने कोठामा बेला -बेलामा होटेलमा चाहिने सामानहरु स्टोर रुम बाट झिकेर ल्याउनु पर्ने हुन्थ्यो !
जब बिहान ७ बजे भुसालका ३ जना इन्डियन साथिहरु होटेल पुगे तब उनका मालिकले करिब ८:३० बजे तिर होटेलमा काम गर्ने एकजना स्टाफ लाइ भुसाल बस्ने कोठामा टिस्यु पेपर लिनको लागि पठाए तब उनि सुतेको कोठाको ढोका भित्र बाट कुंडुलि लगाइएको थियो टिस्यु पेपर लिन गएका होटेल स्टाफले धेरै पटक उनलाई बोलाउदै ढोका ढक ढक पार्दा पनि उनले कोठाको ढोका नखोलेपछी उनले आफ्नो होटेलको मालिकलाइ कल गरेर नारायाणले ढोका नखोलेको जनाकारी दिएका थिए ! भारतीय उनका साथिहरु र दुबई पुलिसका अनुसार उनले ८- दखि ९ बजेको बिचमा झुण्डिएर आत्महत्या गरेको अनुमान लागएका छन् ! किनकि बिहान ७ बजे उनका भारतीय साथीहरु उठेर डिउटी जाने बेला सम्म उनि बिस्तारामा सुतिरहेका थिए जब उनका साथीहरु कोठाबाट डिउटीको लागि होटेल निकलिए तब तेही एक्लो भएको समयको मौका पारि उनले आत्महत्या गरेका हुन् !
सारजामा रहेको “हवात अल अरुज” होटेलको मालिकले भुसालले ढोका नखोलेको खबर पाएपछी तुरुन्तै पुलिस प्रशानमा कल गरि पुलिसलाइ साथमा लिएर भुसाल सुतेको कोठामा पुगेका थिए -पुलिसहरु त्याहा पुगी सके पछी उनि सुतेको कोठाको ढोका फोरेर हेर्दा नारायाण भुसाललाइ फ्यानको कुंडूलिमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए ! आत्महत्या गर्ने नारयणको पासो भने उनलाई उक्त होटेलमा काम लगाइदिने अर्घाखाँचीका कृष्ण भुसाललाइ मालिकले कल गरि उनि बस्ने कोठामा आउँन आग्रह गरिसके पछी भुसाल झुन्डिएको स्थलमा पुगी सके पछी मात्र काटिएको उनि बताउछन !
भुसाल करिब ७-८ महिना अघि कामको शिलसिलामा दुबई पुगेका थिए उनका घरमा २ छोरा र श्रीमती रहेकी छिन ! उनको मृतक शरीरलाइ अहिले दुबईको सारजा स्थित एक हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ ! दुबई पुलिसका अनुसार उनको आइतवार पोस्टमार्टम हुन् सकेको छैन साएद सोमबार बेलुका सम्म उनको पोस्टमार्टम हुने बताएका छन् ! उनको पार्थिब शरीरलाई नेपाल पठाउनको लागि दुबईमा रहेको नेपालि एम्बेसीले पहल सुरु गरि सकेको जानाकारी आएको छ



