बाबुरोका मगर
दिल्ली (अर्घाखाँची डट कम) । दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान गरिएको छ ।
हिजो दिल्ली स्थित तालकटोरा स्टेडियममा पाँच ओटा देश नेपाल,भारत,भुटान, श्रीलंका र माल्दिप्स बिचमा भएको अन्तर्राष्ट्रिय कराँते खेलमा नेपाली खेलाडीहरुले ३० ओटा स्वर्ण पदक मा १६ स्वर्ण पदक हात पार्न सफल भएको थियो ।
जापान जुडो कराँतेका संस्थापक राजिब रानाको नेतृत्वमा दिल्लीमा आफ्नो कुशल क्षेमता प्रदशर्न गर्न सफल खेलाडी हार्दिक बधाइ तथा शुभकामना को लागि नेपाली राजदुतावास बाट कार्यवाहक राजदुत पुरुसोत्तम कडेल,कृष्ण पन्त अनि शृजना अधिकारिको उपस्थितीमा नेपाली देशभक्त आवाजको टोलिले नेपाली राजदुतावास को परिसरमा खेलाडी अनि कोचलाइ खादा ओढाइ सम्मान गरेको छ ।
यो अहिलेसम्मकै पहिलो इतिहास हो । हुनत दिल्लीमा धेरै संघ संस्थाहरु छन तर कामका लागि होइन केवल नाम र मनोरञ्जन को लागि मात्रै सिमित छन । नेपाली देशभक्त आवाज ले बेचिएका चबेचिएकाहरुको उद्दार मात्रै होइन कला संस्कृति खेलकुद नव प्रतिभाको लागि अबसर दिने काम गर्दै आएको छ । समाजमा धेरै सोच बिचार भएका महान ब्याक्तिहरु छन तर जब सम्म ती महान बिचारलाइ कार्यमा उतार्न सकिँदैन ती महान बिचारले कुनै उपलब्धि दिदैन। हिजो गरिएको देशभक्त आवाजको सम्मानले कोच र खेलाडिहरुको मनोबल बढेको उपस्थित कोच र खेलाडिहरुले बताएका छन ।