बसन्त आचार्य
युएई । अर्घाखाँची सम्पर्क समिति युएई (दुबई क्षेत्रीय ) समितिले हरेक वर्ष जस्तै यस बर्ष पनि अङ्ग्रेजी नयाँ बर्ष २०१८ को अवसरमा भेटघाट शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।
युएईको फुजेरामा सम्पन्न गरेको छ उक्त कार्यक्रममा रसलखेमा तथा सारजहा क्षेत्रीय समितिका पदाधिकारी लगायत दर्जनौ अर्घाखाँचीबासीहरुको उपस्थिती रहेको थियो ।
उनिहरुले नयाँ वर्षको अवसरमा एक आपसमा सु-स्वास्थ दिर्घायु तथा उतर उतर प्रगतिको कामना आदान – प्रदान गरेका थिए । साथै संगित गीतबाट रमाइलो गरेका थिए ।