बाबु रोका मगर्
दिल्ली । मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछी घरमा हड्कम्प मच्चियो विभिन्न संचार र नेट्वोर्क संजालबाट नोएडामा गोलि हानी मारिएका नवलपरासी निवासी आसुतोस कुंवर को चिरफार गरिएको शरीर देखेर नेपालबाट शब लिन आएका मृतकका बुवा एक्छिन रन्फनिदै भुइमा ढले उनी संगै आएका छिमेकिले उठाउदै शान्तवना दिए
नोएडामा एक नेपाली लावारिस अबस्थामा भएको घटना जानकारी भएपछी नेपाली देशभक्त आवाजका प्रतिनिधि महासचिव अर्जुन थापाले मृतकको परिवारलाई खबर पुर्याउन धेरै मेहनत गरेका थिए उनको साथ साथै आर बि खड्का बिष्णु के सि अनि बाबु रोका मगर र नेपाली राजदुतावास का एस एअ पि कडेल को सकृयता मा मृतकको परिवार सम्म खबर पुग्न गएको थियो ।
मृतक आसुतोश २०६२ भदौ १४ देखि घरपरिवार बाट सम्पर्कबिहिन थिए नेपाल प्रहरिमा कार्यरत आसुतोसको द्वन्दको समयमा पोस्टिङ रुकुम जिल्लामा थियो जागिरको शिलशिलामा अफिसको कामले हेड क्वाटर काठमाडौं आएका थिए अफिसको काम काठमाडौमा केही दिन लाग्ने भएकोले उनी घरपरिवार संग भेटघाट गर्न नवलपरासी आएका थिए घरमा तीन दिन बसेपछी पुनः उनी रुकुमको लागि काठमाडौ बाट जहाजमा जाने भनेर घरबाट निस्किए र आफु काठमाडौ पुगिसकेको अन्तिम खबर उनले गरेका उनका बुवा तिल बहादुर कुँवर ले मनिल हुँदै भने ।
घरमा मृतकका बुवा आमा श्रीमती एक छोरा र एक छोरी अनि एउटा भाइ रहेका छन ।
खबर पाएपछी नेपालबाट मृतकका बुवा अनि आफन्तहरु दिल्लीमा आएका थिए दिल्लिबाट नोएडा गएपछी भारतिय पुलिसले सोधपुछ गरेपछी कागजी कार्वाही का साथ सब लाई नेपाल सम्म पुर्याउने ब्यबस्था भारतमा रहेका नेपाली संगठन नेपाली देशभक्त आवाजका प्रतिनिधि बाबु रोका मगर र अर्जुन थापा, मुल प्रवाह एकता समाज बाट ठाकुर खनाल र कपिल थापा, नेपाली एकता मन्च बाट आर बि खड्का र श्री साइ कृपा चेरिटेबल बाट बिष्णु के सि र सन्दिप भाटको पहलमा कम्पनिको तर्फबाट बाटो खर्च र कृया खर्च को लागि ५४ हजार भारु उपलब्ध गराइ नेपाल पठाइएको छ । घटनामा सामिल तीन जना अपराधी हरुलाइ नोएडा पुलिसले पक्राउ गरेको छ भने मृतकलाइ आफ्नो परिवार सम्म पुर्याउने सहयोगमा नोएडा पुलिसको पनि ठूलो भुमिका रहेको छ ।