बाबु रोका मगर
दिल्ली (अर्घाखाँचीडट्कम) । करिब १५ बर्ष अघि दिल्ली देखि सिधा नेपाल क्वालिसको सुविधा देखि अहिले दैनिक रात्री अनि दिवासेवा बस सन्चालनमा ल्याउन सफल सुपा देउराली टुर एन्ड ट्रावल्सले आयोजना गरेको इन्डो नेपाल नेपाली साँस्कृतिक कार्यक्रम पुर्ण रुपले सभ्य अनि भब्यताको साथ सफल भएको छ।
अबदेखी दिल्ली नेपाल को लागि आउने जाने यात्रीहरुका लागि नयाँ एरो (एसि बस) नमस्ते कपिलवस्तु संचालन गर्ने सुपा देउराली ट्रावल्सले घोषणा गरेको छ बसमा एसि अनि हिटर, फ्रीज मनोरञ्जन को लागि म्युजिक अनि भिडियो को सुबिधाजनक रहेको बसको उदघाटन पनि गरेको छ ।
हजारौं नेपाली दर्शक हरुको भिडभाडमा कलाकार ज्योती मगर,राधिका हमाल, वसन्त लम्साल, मोहन खड्का, जोगिन्दर सिंह (पानवाला), रिता भट्टराई, धुर्ब राना र पदम क्षेत्री ले आ अफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रमको मुख्य आकर्षक विभिन्न बिवादमा तानिएकी ज्योती मगर लाई लिएर विभिन्न ब्याक्तिहरुको नकारात्मक टिकाटिप्पणिलाइ एकाएक चुनौती दिएकी छिन कार्यक्रममा उत्ताउलोपना र अपशब्द बोल्ने कुनै त्यस्तो शब्द नै भेटिएन उनको प्रस्तुतीकरण ले सबै दर्शकहरुलाइ ध्यानाकर्षण गराएकि थिइन दर्शकहरु पनि एकटक भएर ज्योतिको प्रस्तुति हेर्दै रमाइलो मनोरञ्जन को लाभ उठाए दिल्लीमा पहिलोपटक आएकी ज्योति ले अंग प्रदशर्न गर्छे छाडा बोल्छे भन्नेहरुको मुखमा चाबी लगाइ दिएकी छिन ।
यस्तै राधिका हमाल ले “तिमी आउ गुड्गावबाट म आउछु नोयडा बाट भेट हौला एमसिडि पार्कमा” भन्दै यस्तै रमाइला गित गाएर दर्शकलाइ खुब नचाएकी थिइन अर्का कलाकार वसन्त लम्साल हाम्रो प्यारो अर्घाखाँची बोलको गित गाउदै प्रस्तुती दिएका थिए नव कलाकार मोहन खडकाले मर्ने मिति हुदैन भन्ने बोलको गितले भावुक बनाएका थिए हास्य कलाकार जोगिन्दर सिंह पानवाला ले पनि दर्शकहरुलाइ निकै हसाएका थिए धुर्ब राना,पदम क्षेत्री डान्सर रिता भट्टराई ले पनि दर्शकहरुलाइ खुब मनोरञ्जन दिन सफल भएका छन साथमा नेपाली देशभक्त आवाजको तर्फबाट KDP ग्रुपको डान्सले झनै तरंग मच्चाएको थियो ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो यो कार्यक्रम लाई सफल बनाउन दिल्लिमा स्थापित नेपाली देशभक्त आवाज, लुम्बिनी चेरिटेवल र साइकृपा चेरिटेबलको मुख्य भुमिका रहेको थियो ।
दिउँसो १२ बजे देखि सुरु भएको कार्यक्रम साँझ ६ बजे शान्ति पुर्ण सफल गराइ समापन गरिएको थियो। कार्यक्रम का सभापति हरि भट्टराई रहेका थिए कार्यक्रम संचालन दिपक जि सि र जोगिन्दर सिंह पान वालाले गरेका थिए ।