दिल्लीमा पहिलोपटक नेपाली महोत्सव २०७५ मनाइने (तस्बिरमा)

बाबु रोका मगर
नेपालमा महोत्सवको लहर चलिरहेकै बेला यसपटक भारतको राजधानी दिल्ली स्थित एण्ड्रियुजगंज मा दुई दिन अप्रेल १४- १५ गते शनिवार र आइतवार नेपाली महोत्सव मनाउने पक्का भएको छ । शनिबार आयोजक परिवारको फर्मल कार्यक्रम  र नेपाली देशभक्त आवाजको बार्षिकउत्सव साथमा प्रतिभाको खोजी कार्यक्रम गित र नृत्य को प्रतियोगिता राखिएको छ भने अर्को दिन आइतबार पूरा साँस्कृतिक कार्यक्रम राखिएको छ।
रोजगारिको शिलशिलामा छिमेकी देश भारतलाइ कर्मथलो बनाएका नेपालीहरु संगठित हुँदै दिल्लीमा पहिलोपटक दुई दिने नेपाली महोत्सव २०७५ मनाउने तयारीमा जुट्दैछन दिल्लीमा स्थापना भएका पाँच ओटा सामाजिक संस्था  १- नेपाली देशभक्त आवाज २- लुम्बिनी गौतमबुद्द चेरिटेवल ३- श्री साँइ कृपा चेरिटेवल ४- प्रवासी प्रेरणा समिती र ५- नेपाली सांस्कृतिक परिवार गुड्गाव ले संयुक्त महोत्सव कार्यक्रमको आयोजना गरेको छ । हरेक बर्ष प्राय अंग्रेजी बर्षलाइ लक्षित गरि १५ अगस्त र २६ जनवरिमा विशेष नेपाली साँस्कृतिक कार्यक्रम गरेर मनाउदै आएको सबैलाइ अबगत नै छ तर यसपटक भने प्रवासमा काम गर्दै बसेका नेपालीहरु लाई छुट्टै किसिमको अनुभुती दिलाउनको निमित्त फरक ढंगले कार्यक्रम गर्ने पाँच ओटै संस्थाका आयोजकका पदाधिकारीहरुले बताएका छन |
भारतले नेपाली माथी दवाव गरिरहेकैबेलामा भारतकै राजधानी दिल्लीमा यस्तो कार्यक्रम गर्न खोज्नु चुनौतिको बिषय पनि हो यति मात्रै होइन दिल्लीमा एकतत्र छरिएर रहेका संघ संगठन लाई एउटै मालामा गाँस्ने पहिलो प्राथमिकता रहेको छ । यश संयुक्त कार्यक्रमले नेपालीहरु माझ हराउन लागेको संस्कृति आपासि मतभेद र आत्मीयताको उजागर गर्ने छ ।
कार्यक्रम लाई भरिपुर्ण मनोरञ्जन दिनका लागि नेपालबाट ख्यातिप्राप्त कलाकार राजु परिया, देवि घर्ती हास्य कलाकार उज्ज्वल गिरि र प्रवासमा स्थापित कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ भने उक्त दिन नेपाली सुपरहिट नाम खुलाइएको छैन एकजना आकर्षक कलाकार निम्त्याउने आयोजकले बताएको छ ।
महोत्सवमा बिशेष गरि चेलीबेटी बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम , नेपाली खाना र सामानलाइ महत्व दिइने छ साथै प्रतिभाको खोजी कार्यक्रम गित र नृत्यमा भाग लिन चाहाने अनि नेपाली सामानको स्टल लगाउन चाहने ब्याक्तिहरुले दिएको निम्न नम्बरहरुमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । सम्पर्क नम्बर +91-9871485836, 8800562867, 9717739774,9650301650, 9971206575 8178567930, 8851866004,
४ फेब्रुअरी २०१८ आइतबारको दिन दिल्ली स्थित नेहरु प्लेसको खुल्ला चौरमा सबै संस्थाका मुख्य-मुख्य पदाधिकारी हरुको उपस्थितिमा गहिरो छलफल गरि यो निष्कर्ष निकालिएको थियो । आयोजकको लागि २-३ ओटा रिक्त स्थान भएको हुदा इच्छुक संस्था आवद्ध हुनसक्ने आयोजकले बताएको छ । महोत्सव आयोजनाको लागि सबै संस्थाका पदाधिकारीहरुको एउटा कार्यक्रम समिती गठन गरिएको छ । जसमा पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ |
१) अध्यक्ष – दिपक जिसी 
२) उपाध्यक्ष – बिष्णु केसी 
३) उपाध्यक्ष – हरि रोका मगर 
४) उपाध्यक्ष –  सन्दिप भाट 
५) उपाध्यक्ष – नारायण बिक
६) उपाध्यक्ष – शोभाकर पन्थी 
७) उपाध्यक्ष – राजु कुँवर 
८) उपाध्यक्ष – कृष्ण पौडेल 
९) उपाध्यक्ष – हरि भट्टराइ 
१०) उपाध्यक्ष – ललित जिसी 
११) महासचिव – बाबु रोका मगर 
१२) सचिव – अर्जुन थापा 
१३) सचिव – (सी ए) सुमन आत्रेय 
१४) सचिव – विष्णु खड्का  
१५) कोषाध्यक्ष – राजु परियार 
१६) कोषाध्यक्ष – हमलाल भुसाल 
१७) कोषाध्यक्ष – सुरेन्द्र पाण्डे 
१८) कोषाध्यक्ष – (सी ए) सन्दिप कौशल 
सुरक्षा तथा प्रसासनिक बिभाग- तुलाराम पौडेल
ब्यबस्थापन – कृष्ण पौडेल
कार्यकारी सदस्यहरु – दधिराम, श्री कृष्ण घर्तिमिरे, माधव बेल्बासे, गुणानिधि गैरे, कृष्ण शर्मा, खिम बहादुर पुन, राजेश कोइराला,निरन्जन महोत्रा,कासिराम आचार्य, राम सिङ बिक, राहुल अधिकारी, राज शर्मा, पार्वती थापा, वर्षा शाक्य , सानू मगर, अरुणा ढकाल, शान्ता परियार, अर्चना घिमिरे,मिना बस्नेत र सुमित्रा नेपाली ।