हरियाणाको गुड्गावमा नेपाली देशभक्त आवाजको प्रथम क्षेत्रीय समिती गठन (तस्बिर सहित)

हरि रोका मगर / अर्जुन थापा
गुड्गाव, हरियाणा । नेपाली देशभक्त आवाज पुर्व मेची पश्चिम महाकाली उत्तर हिमालय र दक्षिण तराइको एउटा जिम्मेदार राष्ट्र प्रेमीहरुको आवाज हो बिशेष गरि नेपाल र नेपालीहरुको हितका निम्ति सकारात्मक सोच र बिकासको साथ-साथै नेपाली भूमिको हृदयदेखि नै संर्वङगिण विकास चाहाने हरेक नेपाली युवा-युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वदेश तथा बिदेशी भूमिमा रहेका सच्चा नेपाली जिम्मेदार राष्ट्र प्रेमीहरु बिच प्रारम्भिक भेला र छलफल गरि परिकल्पना गरिएको एउटा सामाजिक संस्था हो ।
प्रवासमा १२ देखि १४ घन्टा सम्म कडा मेहेनत गरेर बचेको समयलाइ देश र समाजको लागि अर्पण गर्न सक्नु सानो कुरा होइन फेरि पनि यसको बाबजुद देशलाइ माया गर्ने युवाहरुको लहर दिल्ली एन सि आर क्षेत्रमा देखिएको छ ।
नेपाली देशभक्त आवाजको केन्द्रीय समितिका कोषाध्यक्ष हुमलाल भुसाल ज्यु को संयोजकत्वमा ११ जना पदाधिकारी हरुको उपस्थितिमा भारतको हरियाणा राज्यको गुड्गाव स्थित नेपाली देशभक्त आवाजको हरियाणा क्षेत्रीय समिती गठन गरिएको छ । 
संस्थाका पदाधिकारी हरुको नाम यस प्रकार रहेको छ ।
१) मदन थापा-अध्यक्ष 
२) इमान सिङ सुनार-उपाध्यक्ष 
३) माधव परीयार-सचिव 
४) निम बहादुर परीयार-सह-सचिव
५) यम बहादुर परीयार-कोषाध्यक्ष  
६) गोपाल परीयार-सदस्य 
७) गोपाल परीयार-सदस्य 
८) गोबिन्द परीयार-सदस्य 
९) गोपाल खनाल-सदस्य 
१०) कमल भुसाल-सदस्य 
११) कृष्ण गमाल-सदस्य    
१२) सरिता परियार- सदस्य
१३) सुष्मा थापा – सदस्य
१४) पार्वता सुनार – सदस्य 
प्राय नेपालीहरु खाली समयमा जुवा तास खेलेर वा रमाइलो गरेर दिनहरु बिताएका हामिले प्रत्यक्ष देख्दै आएका छौ संघ संस्थाहरु संग खासै चासो नदिने तर समस्या परि आएको खन्डमा संघ संस्था धाउनेहरुको कमि छैन यस्तो बानि व्यबहार घातक रहेको देशभक्त आवाजका संस्थापक बाबु रोका ले बताए । मानिस सामाजिक प्राणी हो जन्म देखि लिएर मृत्युु सम्म मानिसलाइ समाज चाहिन्छ त्यसैले प्रवासमा खाली समयलाइ दुरुपयोग गरेर भन्दा देश र समाजको लागि सदुपयोग गर्दै कुनै पनि संघ संगठन संग जोडिएर बस्न प्रवासी नेपाली हरुलाइ आग्रह गरेका छन ।