चितवनको खैरहनी नगरपालिकाका वडाध्यक्षको सवारी दुर्घटनामा मृत्यु

चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा आइतबार राति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको सोमबार उपचारकाक्रममा मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचारकाक्रममा सोमबार बिहान १०ः१५ बजे खैरहनी नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
आइतबार राति ८ः३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो ।
खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नम्बरको गाडी एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका एकजना सवारीचालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । रासस 

अन्य समाचारहरु