भक्तपुरका भूमि सुधार कार्यालय शाखा अधिकृतलाई चार लाख घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई  चार लाख घुस सहित पक्राउ गरेको छ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो। एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ। नागरिकन्युजमा समाचार छ ।