बाबु रोका मगर
नेपालबाट भारतमा काम गर्न आउने नेपालीहरु विभिन्न कारणले बिनासितै हराउनु अनि ज्यान गुमाउनु परेको समाचार बिरलै आइरहन्छन प्राय त्यस्ता ब्याक्तिहरु जो प्रवासमा भएका संघ संगठन संग नजोडिएका अन्य नेपालीहरु संग घुलमिल नभएका ब्याक्तिहरुको यस्ता घटना भैरहेको पाइएको छ र यस्ता सोझा ब्याक्तिहरुलाइ भारतिय र नेपाली नागरिकबाटै लुटपाट र हत्या जस्ता कान्ड बढ्दो क्रममा छ दिल्लिको आनन्द बिहार बसपार्कको बाहिर टुटेफुटे नेपाली बोल्न जान्ने केही भारतियहरुले प्राय नेपालीहरुलाइ लुट्ने गर्छन भने आजकल यस्तो लुटपाटमा नेपालीहरु पनि संलग्न भएका छन ।
बिगत २५ बर्ष देखि भारतको दिल्लीमा कार्यरत फोक्सिङ कोट -२ पाल्पा नेपाल घर भइ हाल रन्जित नगर डि डि ए लाइबेरि मा काम गर्थे भने पटेलनगर दिल्लीमा बस्दै आएका सेतो चस्मा लगाएका ५५ बर्षिय मोहन बहादुर पछाइ १० फेब्रुअरी २०१८ को दिन नेपाल आफ्नो घर फर्कने क्रममा दिल्लिको आनंद बिहार बसपार्क बाट म नेपालको लागि आनन्द बिहार देखि बस चढे भनेर अन्तिम कुरा घरमा गरेका त्यसपछी अहिलेसम्म सम्पर्क बिहिन रहेको मोहन बहादुरका परिवार र आफन्तहरुले ले बताएका छन । घटना के कसरी भयो भन्ने पूरा जानकारी आएको छैन उनका आफन्त साथिभाइहरु र नेपाली देशभक्त आवाज द्दारा उनको खोजी भैरहेको नेपाली देशभक्त आवाजका प्रवक्ता सदस्य राम सिङले मिडिया लाई बताएका छन ।
अहिलेसम्म सम्पर्क बिहिन भइ घर पनि नपुगेको हुनाले हराएका मोहन बहादुरलाइ खोजीनिधि गर्नका लागि उनका परिवार अनि आफन्तजन हरुले सबै नेपालीहरुलाइ आग्रह गरेका छन । हराएका मोहन बहादुरको सम्पर्क नम्बर +91-9868387307 काम गर्ने अफिसको नम्बर +91-11-6162265
कुनैपनी महानुभावले जस्तोसुकै अबस्थामा भेटेपनि दिएको नम्बरहरुमा सम्पर्क गरि सहयोग पुर्याउनु हुन यसै समाचार मार्फत अनुरोध गरिएको छ ।
सम्पर्कहरु:-
नेपाल +977-9847309161
भारत +91-9871914885, 88261789