रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली अलपत्र (भिडियो सहित)
फाल्गुन १० गते, २०७४ मा प्रकाशित
टेक राज थापा
कतार ।बैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका २३ नेपाली अलपत्र परेका छन् । काठमाडौं स्थित प्रिंस अन्तरराष्ट्रीय रोजगार सेवा प्रा. लि बाट सात महिना अगाडी साउदी अरब पुगेका नेपालीहरु बिचल्लीमा परेका हुन ।
पिडितहरुको अवस्था भिडियोमा ।
साउदी अरब स्थित Emprator Solution Contracting Est. कम्पनीमा कामदारको रुपमा मिठो सपना बोकेर मुग्लान पुगेका नेपालिहरुले पुगे लगतै अहिलेसम्म कम्पनीले न त खानाका लागि पैसा दियो न त ज्याला कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पीडित रामजतन कामती भन्छन, आएको भोलिपल्टबाट काम आज दिन छु भोलि दिन्छु भन्दै आज ७ महिना बितिसक्दा पनि हामिले कम्पनीबाट केहि पाएका छैनौ, हामीहरुको पनि घरमा बालबच्चा परिवारलाई छोडेर उनिहरुको उज्ज्वल भबिस्यको लागि बिदेश आईयो न त माम खान पाईयो न त काम घर फर्कन चाहन्छौ भन्दा पनि कम्पनीले कुनै चासो नदेखाएको बारे दुखद व्यक्त गरे । उनले खानाको लागि पनि समस्या रहेको बताए ।
केही राहत मिल्छ कि भन्ने हेतुले नेपाली राजदुतावासमा पट्क पट्क गएतापनि कुनै आश्वासन न पाएको र साउदी अरबको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएकोमा पीडितहरुले बताए । त्यसैगरी पिडित मध्येका उमेश उरावले दशऔला जोड्दै भन्ने हामीलाई पटक पटक पुलिस पकड्ने र छोड्ने गर्दछ अहिले सम्म ४ पटक लगीसकेको र फिंगर प्रिन्ट गराई छोडिदिने गरेको बताए ।
उनि थप्छन म्यानपावरमा सम्पर्क गर्दा पनि कुनै सहयोग नपाएको एउटा सानो कोठामा सुख दु:खद गरि कष्टकर जिवन बिताउन बाध्य छौ । हामीलाई सम्पर्क गर्न चाहानु हुने ब्यक्तिहरुले यस नम्बरमा +966 57 859 3786 सम्पर्क गर्न सक्नु हुन्छ । पिडितहरुले सहयोग गरिदिनका लागि नेपाल सरकार तथा सम्बन्धित निकाय सबैलाई अपिल गरेका छन् । पिडितहरुले नेपाल फर्कनका पहल गरिदिन विभिन्न सामाजिक संघ-संस्था, मिडिया, मार्फत यस सन्देशलाई सम्बधित निकाय तथा सरोकरवाला सम्म पुराई दिन अनुरोध गरेका छन ।