दधिराम श्रेष्ठ साउदी अरबबाट नेपाली देशभक्त आवाजलाई टिसर्ट सहयोग

अर्घाखाँची डटकम संवाददाता 
दिल्ली । भारतको राजधानी दिल्ली स्थित नेपाली देशभक्त आवाजले प्रवासमा रहेर पनि नेपाल र नेपाली हरुका लागि निश्वार्थ भावनाले परोपकारी सहयोग कार्य गरेको चर्चा सबैलाई अबगत नै छ ।
“नेपाली देशभक्त आवाज” पुर्व मेची पश्चिम महाकाली उत्तर हिमालय र दक्षिण तराइको एउटा जिम्मेदार राष्ट्र प्रेमीहरुको आवाज हो बिशेष गरि नेपाल र नेपालीहरुको हितका निम्ति सकारात्मक सोच र बिकासको साथ-साथै नेपाली भूमिको हृदयदेखि नै संर्वङगिण विकास चाहाने हरेक नेपाली युवा-युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वोदेश तथा बिदेशी भूमिमा रहेका सच्चा जिम्मेदार नेपाली राष्ट्र प्रेमीहरु बिच प्रारम्भिक भेला र छलफल गरि परिकल्पना गरिएको एउटा सामाजिक संस्था हो ।
विशुद्ध सामाजिक सेवाबाट उत्प्रेरित भई समाज र राष्ट्रमै विशेष योगदान रहने गरि नेपाली युवा वर्गलाई सचेत र नेतृत्वदायि भूमिका निर्बाह गर्दै राष्ट्र र राष्ट्रियताप्रति माया अनी सदभाव कायम राख्ने उद्देश्यका साथ नविनतम ढंगबाट स्थापना गर्न खोजिएको छ। नेपालको आर्थिक,सामाजिक, सांस्कृतिक, प्राकृतिक,स्वास्थ्य,शैक्षिक, समसामयिक तथा ति सम्बन्धि जनचेतनामुलुक क्रियाकलापहरुमा नविनतम खोज, प्रयोग गरि सत्य र तथ्य धरातलमा समग्र कुराको सकारात्मक विश्लेषण गर्दै समाधानका उपाय खोज्दै सबै सरोकारवाला हरुलाई सचेत गराउदै प्रदेशी भूमिमा एउटा नेपालीलाई पर्दा हामि नेपाली नै काम लाग्नु पर्छ भन्ने विचारका साथ काम गरिरहेको प्रसंसा गर्दै अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर ५ उदयठाटी निवासी हाल साउदी अरविया मा कार्यरत समाजसेवी दधिराम श्रेष्ठ ज्युले नेपाली देशभक्त आवाजलाई कार्य प्रगतिको कामना गर्दै र चन्द्र सुर्य अंकित झण्डाको सम्मान गर्दै देशभक्त आवाज लाइ टि- शर्ट सहयोग प्रदान गर्नु भएको हो।
समाजसेवी दधिराम साउदीको तातो खाडिमा आफ्नो अमुल्य रगत पसिना बगाउदै कमाएको केहि आफु सक्दो पैसा टि- सर्ट को लागि दिल्लीमा सामाजिक काम गर्दै आएको नेपाली देशभक्त आवाजको कार्यलाई प्रसंसा गर्दै सहयोग को हात बढाउनु भएको हो उहाँले देशभक्त आवाजलाई मात्रै नभई अन्य सामाजिक संघ संस्थाहरुलाई पनि आर्थिक, नैतिक, भौतिक रुपले सहयोग गर्दै आउनु भएको संस्थाका संथापक बाबु रोका मगरले जानकारी गराउनु भएको छ साथै सहयोग गर्नुहुने सहयोगी समाजसेवी दधिराम ज्यु लाइ संस्थाका सबै पदाधिकारीहरुले धन्यवाद ज्ञापन गर्नु का साथै उहाले गरेको सहयोगलाइ खेर जान नदिने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।