एन. आर. एन.ए इजरायलले आयोजना गर्न लागेको नयाँ बर्ष धमका कार्यक्रम सफलताको लागी बिभिध छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

यूवराज थापा 
तेलअभीव इजरायल,||गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलले इजरायलमा कार्यरत रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको लागि आइपर्न सक्ने बिभिन्न जघन्य रोग देखि लिएर अन्य जटिल समस्याहरुको निम्ति आपतकालिन अक्ष्य कोष खडा गर्ने मनासयले इजरायलमा स्थापित सम्पुर्ण संघ संस्थाहरुको सामुहिक सह- आयोजकमा येही आउदो मिति अप्रिल १३ गते शुक्रबार दिन नेपाली नयाँ बर्ष २०७५ सांस्कृतिक साँझ नेपाल आईडलका टप- ३ कलाकारहरुको साथमा मनाउन लागीरहेको हुदा उक्त कार्यक्रमलाइ के-कसरि सफल पार्ने भन्ने क्रियाकलापहरु ,सह -आयोजकमा बसेर के कस्तो भूमिका निर्भाह गर्नु पर्ने भन्ने विषयमा सह- आयोजकमा बस्नुहुने सम्पुर्ण संघ सस्थाहरुका अध्यक्षहरु लगायत अनलाइन मिडिया कर्मी हरु विच गत मिति मार्च १६ गते शुक्रबार साँझ तेलअभीवको  लेवेन्सकी पार्क नजिकै रहेको एन आर एन ए एन सी सी इजरायलको कार्यलयमा नयाँ बर्ष धमका कार्यक्रम सफलताको लागी बिभिध छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ   ।
 -नेपाल आदिवासी जनजाती महासंघ इजरायलका दित्तिय उपाध्क्षय तारा कौचा मगर 
अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलकी बरिस्ठ उपाध्यक्ष पेमा लामा
– ह्योल्मो समाज इजरायलका उपाध्क्ष्य कर्साङ ह्योल्मो
– गोर्खा एसोसिएशन इजरायलकी प्रतिनिधी प्रिती पाख्रिन
– तामाङ घेदुङ इजरायलकी पुर्व अध्यक्ष उर्मिला लामा 
-राष्ट्रीय तामाङ घेदुङ इजरायल का संयोजक बिक्रम तामाङ साथै महासचिव अनुराज मोक्तान 
-हिन्दु जागरण अभियानकी अध्यक्ष सुमित्रा भण्डारी 
– जन सम्पर्क समिती इजरायलका कार्यवाहक सभापति डम्बर गुरुङ शेर्पा संघ इजरायलका निवर्तमान अध्यक्ष आङछिरी शेर्पा 
 -युनाइटेड चर्चको तर्फबाट प्रतिनिधित्व गरेर आउनु भएका सुन्दर नेपाल लगायतका ब्याक्तित्वहरुले आफ्ना धारणा,विचार ,र सल्लाह सुझावहरु आफ्नो मन्तब्य बाट राख्नु भएको थियो ।
इजरायलमा रहेका सम्पूर्ण भात्री संगठन हरुको प्रतिनिधित्व गरेर उक्त कार्यक्रममा उपस्थित रहनु भएका सम्पूर्ण संघ सस्थाका पधाधिकारीहरुले मन्तव्य राख्ने क्रममा गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुख्य आयोजकमा येही आउदो मिति २०७४ साल अप्रिल १३ गते शुक्रबारको दिन तेलअभिव युनिभर्सिटी हलमा नेपाल आइडलका टप-३ कलाकारहरुलाई ल्याई उक्त कार्यक्रम वाट आउने मुनाफा इजरायलमा कार्यरत रहनुहुन जति पनि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लागी आईपर्न सक्ने जघन्य रोग देखी लिएर अन्य जटिल समस्याहरुको निम्ति आपातकालीन अक्षय कोष खडा गर्ने मनसाय प्रति अत्यन्तै सहरानिय कार्यको शुरुवात भन्दै उहाँहरुको संघ सस्थाले पनि येस्ता प्रकारका सहरानिय कार्यमा हातेमालो गरेर अघाडी बढ्ने ,साथमा इजरायलमा रहेका सम्पूर्ण भात्री संगठनहरुको पूर्ण रुपमा साथ् र सहयोग रहने कुराहरु जनाउदै एन आर एन ए एन सी सी इजरायलको प धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा एन आर एन ए एन सी सी इजरायलका महासचिव तेन्जिङ शेर्पाले बोल्दै इजरायलमा आपात बिपतमा परेका ,जगन्य रोगबाट ग्रसित नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको सहयोगार्थको निमित्त र स्थापना भएको अक्षय् कोषलाइ आर्थिक वृद्धिमा बलियो बनाउने हेत्तुले एन आर एन ए इजरायलले कार्यक्रम गर्न लागेको बताए ,साथमा एन आर ए इजरायलको अक्षय् कोष अहिले एकदम नाजुक रहेको र अहिलेसम्म एन आर एन ए एन सी सी , इजरायलका पदाधिकारी बाट नै महिनाको तलब बाट २०० /-सेकेलका दरले संकलन गरि इजरायलमा रहेका बिरामीहरुको उपचारमा टेवा पुराएको उनले बताए ।
इजरायलमा बिगतका दिनहरुमा भन्दा आजका दिनहरुमा बिरामीहरुको संख्या अधिकतम भएको कारण एन आर ए इजरायलले मात्र उहाहरुको उपचारको लागि आर्थिक सहयोग पुराउन नसकिएको बताउदै इजरायलमा स्थापित सम्पूर्ण संघ सस्थाले येस विषयमा सहकार्य ,साथ् र सहयोग गर्नुपर्ने एन आर ए इजरायलले स्थापना गरेको अक्षय् कोषमा सम्पूर्ण संघ सस्थाका दीदिबहिनि हरुलाइ जिम्मेवारी बहन गराई सबै जना उक्त अक्षय् कोषको संरक्षक रहनेगरि निर्णय गरेको उनले बताए ।
महासचिव शेर्पाले आउदो १३ अप्रिलमा हुन् गइरहेको कार्यक्रममा सह-आयोजकको भूमिकाको बारेमा प्रस्ट पार्दै बिगतका कार्यक्रमहरुमा जस्तो सह आयोजकहरुले १०० टिकटको बिक्री गर्ने जिम्मा दिएमा स- आयोजक टिमले उक्त टिकेट बिक्रि गर्न नसकेको खण्डमा १०० टिकेटको रकम नै मुख्य आयोजकलाइ बुझाउने पर्ने नियम अबका दिनहरुमा लागु नहुने र आफुले बिक्री गर्ने प्रतिबद्धता लिएका टिकेटहरु बिक्री गर्न नसकेमा उक्त रहेका टिकट पुनः आयोजकले फिर्ता लिने बताएका छन ।
नेपाल आदिवासी जनजाती महासंघ इजरायलका दित्तिय उपाध्क्षय तारा कौचा मगरले ,एन आर ए एन इजरायलले गर्न लागेको कार्यक्रममा आफ्नै सस्थाले आयोजना गर्न लागेको कार्यक्रम सम्झी एक ढिक्का भइ कार्यक्रलाई साथ् दिनु पर्ने र आदिवासी जनजाति महासंघ इजरायलले जति सक्दो टिकट बिक्री गर्नमा साथदिने आदिवासी जनजाति महासंघले २५० टिकेट बिक्री गरिदिने प्रतिबद्धता जायर गरेको छ ।
भने गोर्खा एसोसियन इजरायलले ५० टिकेट बिक्री गरिदिने प्रतिबद्धता गरेको छ भने अन्य संघ सस्थाले पनि आफु सक्दो टिकट बिक्रि गर्नमा साथ् र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए इजरायलले स्थापना गरेको अक्षय् कोषको आर्थिक वृद्धि गर्न सदैव साथ् रहने बताए ।
कार्यक्रमको अन्त्यमा एन आर एन ए एन सी सी इजरायलका अध्यक्ष छिरिंग सेर्पाले मन्तव्य राख्दै इजरायलमा रहेका सम्पूर्ण संघ सस्थाले एन आर एन ए इजरायलले गर्न लागेको कार्यक्रममा इजरायलमा रहेका जतिपनि भात्री संगठनहरुले साथ् र सहयोग गर्नुहुनेछ भन्ने आशा र अपेक्षा राख्दै अब आउने दिनहरुमा कुनै पनि संघ सस्थाले नेपालिहरुको चाड पर्वहरु लगायत अन्य समयमा गरिने कार्यक्रमहरुमा पनि कार्यक्रम नजुधाई दिनुहोला भन्दै अपिल समेत गरेका थिए !