दिल्लीमा छोटो चलचित्र देशभक्तको छाँयांकन सम्पन्न (तस्बिर सहित)

अर्घाखाँची डटकम संवाददाता 
दिल्ली- समय परिवर्तनसिल छ आजको समयमा हरेक दर्शकहरुले रुचाउने फिल्म टेलि फिल्म लगायत छोटो चलचित्र प्राय हट अनि भल्गर टाइपको हुन्छन कुनै बेला देशप्रेमी देशभक्ति चलचित्र को पनि राम्रै बजार हुन्थ्यो तर अहिलेको परिवेशमा यस्ता चलचित्र थोरै मात्र मा निस्कन्छन र पनि अंतमा घाटा खाएर थन्क्याएर राखिन्छ ।
यसै सन्धर्भमा दिल्लीमा कार्यरत पत्रकार मोडल तथा निर्देशक बाबु रोका मगर ले प्रवासमा बसेर देशको चिन्ता गर्ने देशप्रेमिहरुको यथार्थ जीवन लाई पर्दामा उतारी हरेक मानिसहरुलाइ देशको माया मन मस्तिष्क मा जगाउनु पर्ने र भ्रष्टाचार विरुद्ध को आवाज उठाउनु पर्ने संदेशमुलक छोटो चलचित्र को निर्माण गर्ने क्रममा नोकरी बाट बचेको समयलाइ सदुपयोग गर्दै नेपाली देशभक्त आवाजको ब्यानरमा आइतबार को दिन “देशप्रेमी प्रदेशी” नामको छोटो चलचित्र दिल्ली र हरियाणा राज्यको विभिन्न स्थानमा छाँयंकन गरिएको छ उक्त छोटो चलचित्र असार सम्म रिलिज गर्ने बाबु रोका ले बताउनु भएको छ ।
 
नोकरी गर्दै बचेको समयमा पत्रकारिता कलाकारिता र समाजसेवामा जुट्नु भएका बाबु रोका धेरैजसो ब्यस्ततताको कारण आफन्त अनि साथिभाइहरु बाट टाढा रहेको उहाँको आफन्त अनि साथिहरुको गुनासो छ उहाँ भन्नुहुन्छ म धेरै ब्यस्त भएको कारण साथीभाइ अनि आफन्तहरु बाट टाढिन पुगेकोमा साह्रै दुखी हुँदै यसको लागि सबै संग माफी माग्दै सबैलाइ सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्नु भएको छ ।
 चलचित्रले प्रवासमा पनि देशप्रेमी र कलाप्रेमिहरु को उजागर गर्ने युनिट ले बताएको छ । आफै कथा निर्देशन र अभिनय गर्नुपरेको ले काममा  केही कमिकमजोरिहरु पक्कै पनि भएकाछन फेरिपनी कठिन परिश्रम को बाबजुत सम्पुर्ण नेपाली हरुलाइ संदेश दिनको लागि सबै कलाकार हरुले मेहनत गरेको बाबु रोका ले बताउदै सल्लाह सुझाव को आग्रह गर्नु भएको छ । यो कामको लागि नेपाली देशभक्त आवाजका सबै प्रती निधि विशेष गरि हरि रोका मगर , हुमलाल भुसाल, अर्जुन थापा, श्री कृष्ण घर्ती मिरे, निरन्जन महोत्रा, मदन थापा, माधव परियार, सानू मगर, अनिशा रोका मगर, माधव बेल्बासे लगायत अन्य साथिहरुको साथमा क्यामेरामेन नारायण अधिकारिको सहयोगमा छाँयांकन को काम सम्पन्न भएको छ ।