पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साधारण सभा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

केशब पोखरेल 
दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण  कोरिया शाखाको साधारण सभा  एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कोरियाका लागि नेपालि राजदुत अर्जुन जंग बहादुर सिंह प्रमुख अतिथी र अनलाईन पत्रिका सेतोपाटी का सम्पादक ज्योति देबकोटाको बिशेष आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै राजदुत सिंहले कोरियामा रहेका नेपालिहरुमाझ आईपर्ने समस्या का समाधान गर्न राजदुतावास सधै सक्रिय रहने धारणा राखेका थिए ।त्यस्तै राजदुतावासले गरेका सम्पुर्ण कार्यक्रमहरुको बारेमा जानकारि दिनको लागि दुताबासले सामाजिक संजाल टुईटरको समेत संचालन गरेको  जानकारि गराए ।
त्यसै गरि प्रवासमा रहेर पत्रकारिता गरिरहेका तथा त्यस कार्यक्रमका बिशेष अतिथि ज्योति देबकोटाले प्रवासि भुमिमा रहेर पत्रकारिता गर्दा आईपर्ने चुनौतिका बारेमा जानकारि गराएका थिए ।
सोहि कार्यक्रममा आफ्नो कोरिया बसाई सकेर नेपाल फर्किन लागेका पत्रकार महासंघ कोरिया शाखाका सह सचिव किशन गौतम र सदस्य नेत्र नारायण पौडेललाई सम्मान एंव बिदाई कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष   खेमबहादुर कार्किको सभापतित्व एव किशन गौतमको संचालनंमा सम्पन्न भएको थियो ।