अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा पत्रकार सम्मेलन सम्पन्न

टेक राज थापा
कतार । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले २३ मार्च २०१८ का  दिन नज्मा स्थित द गोर्खा रेस्टुरेन्टमा  एक  कार्यकर्मको आयोजना गरि  पत्रकारहरु बिच भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा समाजका  अध्यक्ष मुक्तदा मुसलमानको सभापतित्व तथा  प्रोफेसर रमजान अलि  मियाँको   प्रमुख  अथितित्वमा  बिशेष  अथितिहरुमा  अध्यक्ष नेपाल पत्रकार महासंघ कतार शाखा करिम बख्श  मियाँ , अ ने मु  स क कि महिला संयोजक अमिना खान, ,सल्लाहकार अ ने मु स मोहम्मद अजिज अलि ,सल्लाहकार संयोजक अ ने मु स हुसैन खानको उपस्थिति  रहनु भएको  थियो । 
 भने अतिथिहरुमा  अश्रफ सिद्दिकी प्रमुख सम्पादक एशिएन टेलिग्राफ कतार न्युज रिपोर्टर पेनान्सुला कतार अतिथि उद्देन नाएक न्युज रिपोर्टर कतार टु डे  अतिथि अख्तर गद्दी सल्लाहकार अ ने मु स कतार त्यसैगरी कतार महासंघ प्रमुखसलाहकार गणेश प्रसाद बन्जाडे , राजधानी साप्ताहिक दिल कुमार श्रेष्ठ , महासंघ  सचिब महेन्द्र प्रसाद पोखेरल  अतिथी रहनु भएको  थियो । बिभिन्न अन मिडियामा कार्यरत प्रतिनिधिहरुको उलेखिनिय  उपस्थितित्व  रहेको थियो । 
देशबाट रोजगारीको सिलसिलामा देश बाहिर विभिन्न पेशामा अध्ययनरत रहि आउनुभएका नेपाली मुस्लिम समुदायकालाई लक्षित गर्दै एउटा छाता भित्र गोल्बन्दित गर्ने प्रारम्भिक कार्य कतारबाट सुरु गरेको छ । देश अहिले आर्थिक समृद्धि तिर अग्रसर तर्फ केन्द्रित भैइ रहदा मुस्लिम समुदायबाट सिङ्गो रास्ट्रलाई हामी प्रवासिएका मुस्लिम समुदायले केही योगदान दिनु पर्ने हाम्रो दाहित्व रहेको जिकिर गर्दै कतारमा रहेका नेपाली पत्रकारहरुको निम्ति कतार सरकार सम्म पुर्‍याउने महत्त्वपूर्ण कार्यको भबिस्यमा ध्यानाकर्षण गर्ने  कार्यान्वयनमा  अगाडी  बढने कतारमा  रहेका  बुद्धिजीवीहरुबाट परामर्श लिई  अन्तर्राष्ट्रिय मुस्लिम समाजको करिकल्पना गरिएको बारे प्रोफेसर रमजान अलिमिया बताउनु भयो । 
गत हप्ताको भेलाले मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । सुभकामना मन्तव्यको क्रममा अब्दुल करीम मियाँ, हुसैन खान , मोहम्मद अजीज अली, महिला संयोजक अमीना खान सुभकामना राख्नु भएको थियो ।
कतारमा नेपालीहरुको संख्या ४/५ लाखको हाराहारी रहेको जिकिर गर्दै त्यस मध्य ६०/७० हजार नेपाली मुस्लिम समुदाय  रहेको बताउनु भयो  । केही समय अघि विभिन्न सामाजिक सञ्चारमाध्यम भर्म फैल्याउने कार्य भैइ रहेको उल्लेख गर्दै उक्त भर्म समाचारको पछि न लाग्न मुस्लिम भाई बन्धुहरुलाई आह्वान गरेको छ  । ग्रामीण स्थरिय बिभिन्न  मुस्लिम  समुदायहरुले  आफ्नो समाज  स्थापना  गर्दै आउनुभएता  पनि यस संघठन आबद्ध भई अगाडी बढन  समाजले  सबै मुस्लिम दाजुभाईलाई  आह्वान गरेको  बताए ।
कार्यक्रम सञ्चालन महासचिवमा मोहम्मद मजीद मियाँले गर्नु भएको थियो भने अन्त्यमा उपस्थिति सम्पुर्ण हार्दिक कृतज्ञता प्रकट गर्दै यस सन्देशलाई विभिन्न मिडिया मार्फत सम्प्रेषण गर्दै यहाँहरुको सुझाव सल्लाह निरन्तर अपेक्षा सहित मोहम्मद मुत्तदा मुसलमानले कार्यक्रमको सौहर्दपुर्ण समापन भएको घोषणा गर्नुभएको थियो ।