गुल्मी सेवा समाज कतारको वृहत बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न

टेक राज थापा 
कतार । गुल्मी सेवा समाज कतारको प्रतिबद्धता निस्वार्थसमाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ कतारमा सकृय रुपमा अगाडी बढि रहेको यस संस्थाले २३ मार्च २०१८ का दिन कतारको राजधानी दोहा देखि ५० कि.मि स्थिति अल दोसरी पार्कमा बृहत सांस्कृति कार्यक्रम सहित विगतका वर्षहरु जस्तै यसवर्ष पनि “ छैटौं बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम” भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।
गुल्मी सेवा समाज कतारले संस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्य नरेन्द्र ब. भाटको प्रमुख आतिथि रहेका थिए । बिशेष अतिथीहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मानार्थ सदस्य कमलमणी गुरागाई, पुर्व आई सी सी सदस्य बिनोद भट्टराई , चर्चित लोक दोहोरी गायक रामचन्द्र चन्द ,आई सी सी सदस्य बिमल सुबेदी ,आई सी सी सदस्य कुमार कार्की, एनआरएन सल्लाहकार मो. मुक्तादा मुसलमान, एनआरएन सी सी सल्लहाकार क्रान्ति सिंह बिशेष अतिथि रहनु भएको थियो ।
साथै नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री महोमत आजित अलि , प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोखरेल, कतार नेपाली एकता समाजका सचिब बिष्णु थापा ,तराई मधेस लोकतान्त्रिक मंचका अध्यक्ष हुसेन खान, पत्रकार महासंघ कतार शाखा अध्यक्ष करीम बक्स मियाँ , बशन्त फिल्मस प्रा. ली .का ब्यबस्थापक तथा सर्जक सरद पाण्डे , नेपाली अन्तराष्ट्रिय मुस्लिम समाजका कोषध्यक्ष सुहेल अक्त्तर अन्सरी, लोक दोहोरी गीत प्रतिष्ठित कतार साखा अध्यक्ष कृष्ण बराल , समाजका शंरक्षक दोर्ण बहादुर बस्नेत , समाजकी पुर्व महिला संयोजक श्रीमती मिना खड्का , सल्लाहकार विजय बस्नेत लगायत बिशेष अतिथि रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा प्युठान सेवा समाजका अध्यक्ष बल देब राना अभियान रुपन्देहीका अध्यक्ष दिल्ली राम भट्टराई ,अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, बागलुङ् सेवा समाजका अध्यक्ष चन्द्र कान्त शर्मा , कास्की आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद राना , लमजुङ् सेवा समाजका अध्यक्ष बिष्णु लाल श्रेष्ठ , दाङ्देउखुरी सेवा समाजका अध्यक्ष बशन्त राज पुरी , रोल्पा जलजला सेवा समाजका महासचिब देबराज पुन, धनकुट्टा सेवा समाजका सचिब रबिन थापा मगर , जिफन्ट समूह उज्जवल बि.क , मोना कतारका अध्यक्ष रेशम पौडेल , दाङ देउखुरी सेवा समाजका अध्यक्ष वसन्तराज पुरी , बागलुङ् सेवा समाज कतारका अध्यक्ष चन्द्रकान्त शर्मा, लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठ , समाजसेवी तथा समाजसेवी छम परियार , श्याम डी सी , पत्रकार राजधानी सप्ताहिक दिल कुमार श्रेष्ठ , पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवि, व्यवसायी पत्रकारहरुको आतिथ्यता रहेको थियो ।
विधिवत रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान, मौनधारण समेत गरिएको थियो । कार्यक्रम स्वागत मन्तव्य उपाध्यक्ष झबिन्द्र आचार्यले राख्दै उपस्थित सम्पूर्णलाई स्वागतम गरेका थिए । कतारमा स्थापित कलाकारहरु दिपेन्द्र सुनार , अनिल बिसी , इश्वर भण्डारी , बिरु के .सी बिष्णु अधिकारी , लोक नाथ बिसी , तारा थापा , मन्जु परियार , निरु तामांङ् रमा तिमिल्सिना , सन्तोष बराइली , शरद पाण्डे , दिक्षा खड्का , अंकिता खत्री बिनिता केसी आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्य नरेन्द्र ब. भाट प्रवासी नेपाली मंच कतारका अध्यक्ष चानक पोखरेल , महिला समाजकी महासचिब अम्बिका खत्री , पत्रकार महासंघ कतार अध्यक्ष करीम बक्स मियाँ , जिल्ला सस्थाको तर्फ देखि प्यूठान सेवा समाजका अध्यक्ष बल देब राना लगायतले मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा लोक तथा दोहोरी गायक रामचन्द्र चन्द गुल्मी प्रहर्ण भन्दा प्यारो हाम्रो गुल्मी ,आदिखोला सालेजो,दाई लाउरे साउदीमा भेडा चराउने म लाहुरे कतारमा खबुस चपाउने, हाम्ले माया लागाउने लगाएत पन्चेबाजाको गित प्रस्तुत गरेका थिए भने नेपाली दर्शकहरुले  आ-आफ्नो स्थानमा झुमिरहेका देखिन्थियो भने कतारी बासीहरु छम छम नाचेर आफनो मनोरञ्जन लिएको थिए ।
निमन्त्रणालाई सह सुईकारी पाल्नुहुने विभिन्न संघ सस्थाका प्रमुखहरु तथा प्रतिनिधि, पत्रकार , बुद्धिजीवी, व्यवसायी लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद आवर प्रकट गर्दै गर्दै आगामी दिनहरुमा यहाँहरुको निरन्तर सहयोग र सदभावको अपेक्षा राख्दै अध्यक्ष बुद्ध पाण्डेले कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रम भिम तरामु मगर र सुरज बिसीको सन्चालनमा सम्पन्न भएको थियो ।