अर्घाखाँची डट्कम सम्वाददाता
नयाँ दिल्ली । नेपाल पत्रकार महासङ्घ भारत शाखाले आइतबार राजधानी दिल्लीमा आयोजना गरेको एक अन्तर्कृया कार्यक्रममा प्रवासी नेपाली समस्या र समाधानमा सरकारको ध्यानाकर्षण विषय सम्बन्धी भारतमा रहेका नेपालीहरुका समस्या थुप्रै रहेको भन्दै यसको समाधानमा महासंघको भूमिका रहनु पर्ने बताएका हुन् ।
समारोहमा बोल्ने अधिकांश वक्ताहरूले नेपाल-भारतबिचको १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने तर पुनरावलोकन नहुञ्जेलसम्म त्यस सन्धिमा उल्लेख भएका अनुसार अधिकारहरू नेपालीलाई प्राप्त हुनुपर्ने लगायतका मुद्दा उठाएका थिए ।
भारतमा रहेका विभिन्न सामाजिक सङ्गठन र राजनीतिक दलका भातृ संगठनहरुले प्रवासी नेपालीका समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घ भारतको भूमिका महत्त्वपूर्ण हुनुपर्नेमा जोड दिएका छन्।
उनीहरुले भारतबाट नेपाल फोन गर्दा लाग्ने शुल्क घटाउन पहल गर्न समाचारका माध्यमले नेपाल सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका छन्। प्रवासी नेपालीका समस्या समाधानका लागि नेपाली राजदूतावासको ध्यानाकर्षण गर्न कार्यवाहक राजदूतलाई निमन्त्रणा दिइएपनि उपस्थित भने भएनन ।
दिल्लीका विभिन्न सङ्घ-संस्स्थाले प्रवासी नेपालीका समस्यामा राजदूतावासले जहिले पनि बेवास्ता गर्ने गरेको थप गुनासो पोखे । उक्त कार्यक्रममा दिल्लीमा रहेका विभिन्न राजनीतिक दलका भातृ सङ्गठनका प्रतिनिधि र सामाजिक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो भारतको राजधानी दिल्की स्थित तिसहजारी स्थित गरिएको उक्त कार्यक्रम को अध्यक्षता लोकेश शाह ले गरेका थिए भने कार्यक्रम संचालन गोबिन्द पोख्रेल ले गरेका थिए ।