एनसीसी कतारद्वारा युवा जागरण र सशक्तिकरण कार्यगोष्टि सम्पन्न

टेक राज थापा 
कतार  । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले परिषद् कतारले युवा जागरण  सशक्तिकरणको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाँ के सी को सञ्चालनमा , शुक्रबार सालिमारा रेष्टुरेन्टको सभा हलमा प्रशिक्षण सम्पन्न  गरिएको  हो  । वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा कार्यक्रमको  आयोजना  गरेको हो ।
 कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य बाट सुभारम्भ गरि  थियो भने उपसयोजक नारायण भन्डारिले प्रतिबेदन निस्कर्ष सुनाएका थिए। कार्यक्रममा देशका बिभिन्न स्थानमा काम गर्दै आउनु भएका  अहिले  अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा राजेशकुमार पौडेलले डायबिटिज दुई प्रकारका हुने  टाईप १ टाइप  २  हुने बारे बिस्तृत रुपमा बताउदै  स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए ।
समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने  बारे परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ता सागर नेपाल, विनेश तामाङ , कमलमणि गुरागाई  र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांकसहित प्रशिक्षण यहाँ सिकेका कुराहरुलाई  आबद्द आ- आफ्नो संघ सस्थामा ब्यहाबर उतार्नुपर्ने बताएका  थिए ।
सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनमा  विल गुरुङ क्रान्ति सिहं र शनीकुमार ओलीले आफ्ना विचार व्यक्त गरेका थिए । भने  सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए । त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र मानार्थ सदस्य नरेन्द्र भाटले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका गल्फ सहसंयोजक प्रविण गुरुङ लगायत स्थापित संघसस्थामा  आवद्द कतारका प्रतिनीधहरुको उल्लाखेनिय उपस्थिति रहेको थियो ।
कार्यक्रमको  अन्त्यमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा भोलिका दिनहरुमा  प्रेरणा मिल्ने बताउदै सहभागी सबैलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको  थियो ।