नयाँ दिल्लीमा हेल्प नेपाली मिशनद्दारा आयोजित वर्ल्ड पेस मुमेन्ट कार्यक्रम सम्पन्न

बाबु रोका मगर 
एकताले शक्ति दिन्छ एकताले बल ! भन्ने नारा रहेको  हेल्प नेपाली मिशन भारत शाखाकाे अायाेजनामा अमेरिका स्थित International Institute of इनफिनिटिस्म नामक संस्थाले सुरु गर्न लागेको World peace movement सफल पार्नका लागि तथा विश्वव्यापी रुपमा मानव शक्तिको पराकाष्ठा  तथा  Secret of Success विषयलाई लिएर भारतको राजधानी नयाँ दिल्ली पहाडगंज स्थित हाेटल Sun Flower मा एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । 
 प्रेम कैदीको प्रमुख अतिथ्यतामा रहेको उक्त कार्यक्रममा युवा वैज्ञानिक कपिल पाैड्याल लाई सम्मानित गरिएको थियोे । सो कार्यक्रममा उपस्थित  प्रवासि नेपालीहरुको विभिन्न संघ संगठनका ब्याक्तित्व कपिल पाैड्याल, दुर्गा अर्याल, गाेपाल रेग्मी, रमेश शर्मा, काशिराम आचार्य, घनश्याम शर्मा, प्रमोद पाेखरेल, तुल्सि ढकाल, नन्दा शर्मा, केपि पाैडेल लगायतले आ-आफ्नो धारणा मन्तव्य राख्नु भएको थियोे ।  
कवि कार्की को अध्यक्षतामा रहेको सो कार्यक्रममा सदस्य जमुना कपुरले स्वागत मन्तब्य राख्नु भएको थियो भने महेन्द्र के.सी. ले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।