टेक राज थापा
कतार । बैदेशिक रोजगारीको सिलसिलामा केही दिन पहिले कतार आएका ३ जना नेपाली कामदारलाई नेपाल पत्रकार महासंघको अगुवाई उद्दार गरिएको हो।
अर्घाखाँचीको भुमिकास्थान वडा न. ७ का तिल बहादुर रायमाझी, नवलपरासी जिल्ला सुनवल वडा न .१ का भिम चौधरी र रौतहट सन्तोष पण्डित काठमाडौं स्थित रहेको रोयल इन्टरनेसनल ओभरसीस प्रा. लिमिटेड मेनपावरबाट ६ अप्रिलका दिन कतार आएका हुन ।
आफुले माग गरे अनुरुपको कामदार नपठाएको भन्दै रोजगारदाताले सामान्य सुविधा समेत नदिंदा उनीहरु विचल्लीमा परेका हुन्। कम्पनीले गाडीको मर्मत सम्हार तथा पेन्टर भनेर मेनपावर कम्पनीलाई भिसा दिएको भएपनि कामदारलाई उक्त काम नआएको भन्दै रोजगार दाताले यातना दिने, खाने बस्ने सुविधा नदिंदा भोकै काम गर्नु परेको र विचल्लीमा पिडितहरुले बताए ।
युएईमा कार्यरत रहँदा चिनजानमा रहेका साथीलाई पिडित मध्येका तिल बहादुरले सम्पर्क गरी गुहार लगाएको र दुबईमा काम गर्ने नेपाली मार्फत कतारमा कार्यरत अर्घाखाँची सेवा समाज कतारका द्वीतीय उपाध्यक्ष राम प्रसाद पराजुली र अर्घाखाँची सेवा समाजका महासचिव समेत रहेका पत्रकार टेक राज थापाले पिडितहरुलाई भेटी केहि खाद्यान्न र नगद सहयोग गरेका थिए । पत्रकार थापाले पिडितहरुको बारेमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई विस्तृत जानकारी दिए लगत्तै अध्यक्ष मियाँले एजेन्टलाई सम्पर्कमा ल्याई पिडितहरुलाई यथाशक्य उद्दार गर्न ताकेता गर्दै दुताबासलाई सो को जानकारी गराएका थिए ।
काम गर्ने सिलसिलामा शरीरमा ‘एसिड’ पोखिंदा पिडित तिल बहादुरको आधापाटो शरीर र हातहरु गम्भीर रुपले जलेको छ ‘ भाग्य बस बच्न त सफल भएँ तर कम्पनीले उपचारमा कुनै चाँसो देखाएन’ उनले दुताबासका श्रम सहचारीलाई आफ्नो जलेको शरीर देखाउंदै भने. ‘खान नदिने तर ‘मुदीरले शारीरिक यातना दिएर काममा दलाउने गरेको अर्का पिडित चौधरीले बताए ।
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको बिशेष पहलमा पीडितलाई नेपाल मेनपावर द्वारा टिकट उपलब्ध गराई नेपाल पठाउन लागिएको हो । गत बुधबार पीडितहरु र मेनपावरका कतार एजेन्टलाई दूतावास मार्फत पिडितहरुलाई स्वदेश फर्काउने प्रक्रिया अघी बढेको हो सत्तरी हजारदेखि एकलाख पच्चीस हजारसम्म खर्चेर आएका पिडितहरुको समस्या र लागत बारे दुताबासले नेपालस्थित सम्वन्धित विभागलाई गराएको छ । ३ जना पिडित मध्येका दुई जना रायमाझी र चौधरी भोलि शुक्रबार राति ९ बजेको वातनिया एरलाइन्सबाट नेपाल फर्कदै छन भने अर्का पिडित सन्तोष पण्डितको फिर्ती प्राक्रिया चलेको छ ।
अध्यक्ष भन्छन श्रमिकलाई विभिन्न पर्लोबन देखाएर चर्को शुल्क लिई अल्पत्र ठग्ने गरिने व्यक्ति वा कसैलाई पनि न छोडने बताए । खबदारी पनि हो एक खालको चुनौती अन्याको बिरुद्दमा न्यायको निम्ति सधै महा संघको मातहतमा रहेका पत्रकार भाई बन्दुहरुलाई एक ढिक्का भएर अगाडी बढ्नु पर्ने जोड दिएको बताए ।