जनसम्पर्क समितिको महाधिवेशनलाई सम्बोधन गर्न गगन थापा कोरिया आऊँदै

केशब पोखरेल 
 दक्षिण कोरिया ।  पुर्व स्वास्थ्यमन्त्री, नेपाली कांग्रेस का केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापा कोरिया आऊने भएका छन । 
नेपालि कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण  कोरियाको पाँचौ केन्द्रीय महाधिवेशन लाई सम्बोधन गर्न यहाँ आऊन लागेका हुन । उनका साथमा नेपाली कांग्रेस का केन्द्रीय सदस्य महेन्द्र यादब र गोविन्द भट्टराई पनि कोरिया आऊँदै छन ।
जनसम्पर्क समिति को केन्द्रीय महाधिवेशन आगामि मे ६ तारिक आईतबार कोरियाको राजधानि सऊल स्थित जुङ्गु कुमिन ह्वेग्वान् को हलमा हुदै छ । 
“नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अनबरत अभियान ,लोकतान्त्रिक मुल्यमा आधारित समृद्ध रास्ट्र निर्माणमा योगदान” भन्ने मुल नाराका साथ सम्पन्न हुन गहिरहेको उक्त अधिबेसनमा प्रमुख अतिथि महेन्द्र यादव हुने छन भने बिशेष अतिथिमा द्वय गगन थापा र गोविन्द भट्टराई रहने छन ।
कोरियामा रहेका नेपाली कांग्रेस मा आस्थावान, सम्पुर्ण नेपालीहरुलाई उपस्थितिको लागि आग्रह समेत आयोजक समितिले गरेको छ ।