अर्घाखाँची सेवा समाज कतारले आन्तरिक भेटघाट सम्पन्न

टेक राज थापा 
 दोहा, कतार । रोजगारीको सिलसिलामा अर्घाखाँची जिल्लाबाट कतार आई विभिन्न स्थान रहि कार्यरत रहि आएका जिल्ला बासीहरुलाई गोल्बन्दी गर्ने हेतुले भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा पाँच नम्बर प्रदेश मध्यका जिल्ला संस्थाहरुका प्रमुखहरुलाई आमन्त्रित गरिएको थियो । उक्त कार्यक्रममा गुल्मी सेवा समाज कतारका अध्यक्ष बुद्ध पाण्डे , अभियान रुपन्देही सेवा समाज कतारका अध्यक्ष डिल्ली राम भट्टराई , दाङ देउखुरी सेवा समाजका अध्यक्ष बशन्त राज पुरी ,रोल्पा जलजला सेवा समाजका देब राज पुन उपस्थित रहेका थियो ।
परिचात्मक कार्यक्रम बोल्दै सबैले सेवा समाजले प्रवासमा रहि अति कार्य ब्यास्थाका बाबजुद पनि जिल्ला बासी तथा प्रदेश नम्बर ५ मा पर्ने जिल्ला संस्थाका प्रमुखहरुलाई निमन्त्रणा गरि हामी बिचको सम्बन्धलाई प्रढ्गाड बनाएकोमा खुशी ब्यक्त गर्दै भोलिका दिनहरुमा जिल्ला संस्थाहरु एक जुट भैइ अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा सस्थाका प्रमुख सल्लाहकार श्री क्रान्ति सिंह ,कार्यसमिति पदाधिकारी तथा पुर्व महासचिव बिष्णु प्रसाद भुसाल लगाएत जिल्लाबासी दाजुभाई दिदिबहिनीहरुकोको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सबैले आ- आफ्नो परिचय दिएका थियो ।
कार्यक्रम होमसाईड्को बिच गरिएको थियो भेटघाट कार्यक्रम भनियता पनि कार्यक्रम सांगितिकमय बनेको थियो । विभिन्न नेपाली गितहरुमा सबैले नाच्दै रमाउदै गरेको थिए । भने गाउँघरमा गाउने लोक दोहोरी गीतले प्रवासमा रहेता पनि स्देशको झैझाल्को ल्याएको थियो ।कार्यक्रम मनोरञ्जनात्मक रहेको थियो भने कार्यक्रम संयोजकत्व संस्थाका प्रथम उपाध्यक्ष केदार नाथ भुसालले गरेका थिए ।
कार्यक्रममा उपस्थित हुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै संस्थाले सुचारु गरेको एम्बुलेन्स अभियान प्रक्रियामा केहि कागजी प्रक्रियाका कारण केही समय ढिलाइ हुन गएको र अहिले तीब्र गतिमा अगाडि बढेको उक्त एम्बुलेन्स भित्र चाहिने सामग्रीहरु कार्यहरू भैइ रहेको गत महिना स्यंम यसै कार्यक्रमको  सिलसिलामा संस्थाका अध्यक्ष नेपाल गएका थियो । केही समय लाग्ने भएको हुदा आफू फर्केको बताए । छिटै जिल्लामा केही समय भित्र एम्बुलेन्स हस्तान्तरण कार्यक्रम गर्ने योजना रहेको मिति तय विभिन्न समाजिक संजाल मार्फत सुचित गरिने बारे अध्यक्ष ठाकुर कुमार परियारले बताए ।
यहाँहरुको सहयोग र सद्भावले उक्त योजना सफल बनाउन सफल रहेको बताउदै आगामी दिनहरुमा जिल्लाबाट कतारमा कार्यरत सम्पुर्ण जिल्ला बासीहरुले यस सामाजिक सस्थामा आबद्ध भैई अगाडि बढ्नु पर्ने हाम्रो भाईचार आत्मीय मायालाई सहमधुर बनाउने पर्ने बताउनु भयो । कार्यक्रम सहजीकरण महासचिव टेक राज थापाले गर्नु भएको थियो ।