अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सुपादेउराली सांगितिक सौगातमा अहोरात्र खटिने ब्यक्तिलाई सम्मान

केशब पोखरेल 
दक्षिण  कोरिया  । अर्घाखाँची सम्पर्क मन्च दक्षिण  कोरियाद्वारा गत अक्टूबर मा सम्पन्न “सुपादेउराली सांगितिक सौगात भाग १ “मा बिशेष योगदान गरेका व्यक्तित्वहरुलाई एक कार्यक्रम का बिच बिशेष सम्मान गरेको छ ।
उक्त कार्यक्रमा आर्थिक एव नैतिक सहयोग गरि अहोरात्र खटिएर सफलतापुर्वक कार्यक्रम सम्पन्न गर्ने  ब्यक्तिहरुलाई मन्चले सम्मान गरेको हो ।
उक्त कार्यक्रम मा बोल्दै मन्चका अध्यक्ष दिनामनि पौडेलले कोरियामा रहेका सम्पुर्ण जिल्ला बासिको एकजुटताले गर्दा नै कार्यक्रम सफल भएको बताए ।परिआएको खन्डमा परदेशमा पनि जिल्ला बासि एकजुट हुदाँ रहेछन भन्ने गलितो सन्देश कार्यक्रम ले दिएको पनि अध्यक्ष पौडेलले जानकारी गराए ।
कार्यक्रम मा रिण प्रदान गरेर सहयोग पुर्याऊने १५ जना व्यक्तिहरुलाई बिशेष सम्मानका साथै अन्य  सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
त्यस्तै सोहि कार्यक्रम मा कोरियाको भिसा अबधि सकेर नेपाल फर्कन लागेका अर्घाखाँची सम्पर्क मन्चका अध्यक्ष दिनामणि पौडेलाई बिदाई समेत गरिएको थियो ।सोहि कार्यक्रममै अध्यक्ष को बिदाई संगै आगामि महाधिवेशन सम्मको लागि उपाध्यक्ष सुन्दर पन्थिलाई कार्यवाहक अध्यक्ष को जिम्वेवारि समेत दिईएको छ ।
अध्यक्ष को जिम्बेवारिता समाल्दै पन्थिले आगामि महाधिवेशन सम्मको लागि आफुले पाएको पदिय जिम्वेवारि  पुरा गर्न धारणा ब्यक्त गरे ।
कार्यक्रम को सभापतित्व दिनामणि पौडेलले गरेका थिए भने सचिव फर्सुराम पौडेलेले कार्यक्रम संचालन गरेका थिए ।