तेज बोहरा
धनगढी २६ बैशाख । अनाथ बालबालिकाका लागि बुढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीमा आवास गृह निर्माण हुने भएको छ । कान्छो सामाजिक अभियान्ता तथा क्लिन काष्ठमण्डप केपी खनाल नेतृत्वको टोलीले चन्दा संकलन गरी भवन निर्माण गर्न लागेका हुन् ।
अनाथ बालबालिकाका लागि शैक्षिक वातावरण केन्द्र कन्सन बाजुराको स्वामित्व रहने गरी भवन निर्माण हुन लागेको अध्यक्ष बहादुर थापाले बताए । पालन पोषण र शिक्षा आर्जनबाट वञ्चित अनाथ बालबालिकाका लागि लक्षित गरेर भवन निर्माण गर्न लागिएको हो । भवनको क्लिन काष्ठमण्डप अभियान्ता केपी खनालले शिलान्यास गरेका छन् । १८ वर्षका खनालले आफ्नै अगुवाईमा भवन निर्माण गर्ने संकल्प सहित भवनको शिलान्यास गरेका हुन् । भवन निर्माणका लागि ४० लाख बढीको लागत अनुमान गरिएको छ ।
९ जना अनाथ बालबालिकालाई शिक्षा, स्वास्थ्य र संरक्षण दिँदै आएको कन्सन बाजुराका अध्यक्ष बहादुर थापाले वताएका छन् । अनाथका लागि आवास निर्माण अभियानमा खनाल सहित सचिन पाण्डे, रामकृष्ण ढकाल, कन्सन बाजुराका संस्थापक गणेश थापा लगायत लागि परेका छन् । भवनका लागि हालसम्म सामाजिक सञ्जाल मार्फत ७ लाख बढी संकलन भईरहेको र त्यो मध्ये ३ लाख नगद नै खातामा जम्मा भईसकेको अभियान्ता केपी खनालले जानकारी दिए ।
खनाल भवन शिलान्यासका लागि बाजुरा आएका हुन् । कन्सन बाजुरा २०७२ सालमा स्थापना गरिएको हो । आमा बुबा नभएका र साहरा विहीन अनाथ बालबालिकाको संरक्षण र उनीहरुको शिक्षा स्वास्थ्य उपचारका लागि सयोगार्थ कन्सन बाजुरा स्थापना गरिएको अध्यक्ष बहादुर थापाले वताए । सुरुमा बहादुर थापाकै परिवारले ४ जना बालबालिका घरमै राखेर पालन पोषण गरेका थिए ।
घरमै राखिएका अनाथ बालबालिकालाई आवश्यक आवास गृहका लागि जति रकम लाग्छ, सबै संकलनका लागि जिम्मेवारी आफूले लिने शिलान्यास कार्यक्रमममा केपी खनालले उद्घोष गरेका छन् । भवन निर्माणका लागि स्थानीय भीम थापा, दल थापा, जस थापा, गगी थापा, केशरसिंह थापा, ध्वज थापा, नन्द थापा, लाल थापाले जमिन सहयोग गरेका छन् । घरमै राखेर पालन पोषण गरेका थिए ।
घरमै राखिएका अनाथ बालबालिकालाई आवश्यक आवास गृहका लागि जति रकम लाग्छ, सबै संकलनका लागि जिम्मेवारी आफूले लिने शिलान्यास कार्यक्रमममा केपी खनालले उद्घोष गरेका छन् । भवन निर्माणका लागि स्थानीय भीम थापा, दल थापा, जस थापा, गगी थापा, केशरसिंह थापा, ध्वज थापा, नन्द थापा, लाल थापाले जमिन सहयोग गरेका छन् तपाईं हरु पनि यी अनाथ टुहुरा बालबालिका हरुलाई सहयोग गर्न सक्नु हुनेछ तपाई सानो सहयोग मिलेको खण्डमा यी अनाथले अब छिट्टै अाभाव पाउने छन् ।
सहयोग लागि (9843847636)
बैंक अफ काठमाडौ(052100007237524)
खातावाला(Dil bdr pandey)धन्यवाद