कोरियामा बुद्धको प्रतिमालाई अनाबरण

केशब पोखरेल 
दक्षिण कोरिया । गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार प्रसार गर्ने उद्देश्यले नेपालबाट ल्याईएको बुद्धको प्रतिमालाई आज एक बिशेष कार्यक्रम सहित अनाबरण गरिएको छ ।
दक्षिण कोरियाको योङ्गिन सहर स्थित वाऊछाङ्सा गुुम्वामा उक्त प्रतिमालाई राखिएको छ । नेपाल सम्पर्क समिति कोरियाको संयोजन तथा बौद्ध परिवार कोरियाको सहकार्यमा उक्त प्रतिमालाई नेपालमा निर्माण गर्न लगाएर यहाँ ल्याईएको थियो ।बुद्ध प्रतिमा को अनाबरण कार्यक्रम मा प्रमुख अतिथि  कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंह रहनु भएको थियो । 
उक्त कार्यक्रम मा बोल्दै राजदुत सिंहले बुद्ध नेपालमा जन्मेका हुन भनेर चिनाऊनको निम्ति  यति ठुलो कार्यक्रम गरि सफल बनाएकोमा उक्त कार्यक्रम को संयोजन गरेको नेपाल सम्पर्क समिति र, सहकार्य गरेको बौद्ध परिवार कोरियालाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको  थियो ।
त्यसैगरि यस्तो महत्वपूर्ण कार्यक्रममा कोरिया मा रहेका सम्पुर्ण नेपालिको साथ र सहयोग रहेको भन्दै नेपाल सम्पर्क समिति कि अध्यक्ष एवं उक्त कार्यक्रम कि संयोजक अन्जु के. सि ले सम्पूर्ण कोरियावासि नेपालिलाई आभार व्यक्त गर्नु भएको थियो । ऊहाँले भन्नुभयो ” सुरुमा कार्यक्रम  सफल नहुने हो कि भनेर डर लागेको थियो, आज सम्पन्न गर्न सफल भएकोमा एकदम खुसि छु ।”ऊहाँले थप्नुभयो काम गर्ने क्रममा बिभिन्न कठिनाई आईपरेपनि ति कठिनाईको सहजिकरण गर्दै यहाँ सम्म आएर कार्यक्रम सफल पारियो ।
पछिल्लो समयमा भारतले बुद्ध आफ्नो देशमा जन्मेका हुन भनेर भ्रामक हल्ला फिंजाई रहेको अबस्थामा भगवान गौतम बुद्ध को जन्म नेपालमा भएको थियो भनेर विश्व जगतलाई चिनाऊनको निम्ति पनि उक्त प्रतिमा स्थापना गरिएको हो ।केहिदिन अघिमात्र नेपालबाट ल्याईएको बुद्ध को उक्त प्रतिमालाई गत मे १२ तारिक लोटस लाल्टिन फेस्टिवल मा बिभिन्न नेपालि झाँकि सहित सऊल नगर परिक्रमा गराईएको थियो ।ऊक्त प्रतिमा नेपालबाट बनाएर ल्याऊन र प्रतिमा राख्ने ठाऊँ बनाऊनको लागि लगभग ५ करोड वन लागेको अनुमान गरिएको छ ।