टेक राज थापा
कतार । ११ औं गणतन्त्र दिवसको अवसरमा राजदुतावास कतारले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । मंगलबार दूतावासमा आयोजित कार्यक्रममा माहमहिम रमेश प्रसाद कोइरालाको सभापतित्व रहेको थियो ।
त्यस्तै दुतावासका नियोग उपप्रमुख मणिरत्न शर्माको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा कतारमा कृयासिल सामाजिक संघ संस्था प्रमुखहरु बैचारिक, समाजसेवी, बुद्धिजिवि, व्यवासायिक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कला केन्द्रका कलाकार द्वारा देश एउटै हो सन्तान एउटै हो देश भक्ति गितमा निर्त्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माहमहिम राजदुत कोइरालाद्वारा नेपालको राष्ट्रिय झन्डा फर्फराई कार्यक्रमको सुभारम्भ गरिएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले बोलेका थिए नेपाली समुदाय तथा सुभेच्छकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम सभ्य एवम् भव्य रुपमा सम्पन्न भएको छ ।