पशुपति श्रेष्ठ
भारत
जेष्ठ २२ गते आइतबार अर्घाखाँची डट्कम , विगत १ दशक देखी भारतमा कार्यरत नेपालीहरु र भारतिय नागरिकलाई सुविधा सम्पन्न यात्राको सेवा दिदै आएको न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स प्रा.लि. पञ्जाव लुधियानाले आफ्नो ५ औं साधारण सभा भारत नगर चोक स्थित होटल सुर्यमा सम्पन्न गरेको छ । समितिका अध्यक्ष राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त सभाले अझ सहज र सुविधा सम्पन्न सेवा यात्रुलाई दिने गरि नारायण पौडेलको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सोनु बिक सचीवमा ईश्वरी घिमिरे सह-सचिवमा दिनेश परियार कोषाध्यक्षमा केवि पाण्डे र सदस्यहरुमा राम प्रसाद भण्डारी, तुल्सी थापा रहेका छन । त्यस्तै समितिको सल्लाहकारमा गोविन्द अधिकारी, सुरज केसि, प्रकाश परियार लाई सर्वसहमतमा राखेको छ । नयाँ बनेको कार्यसमितिले आउदा दिनहरुमा यात्रुहरूलाई प्रभावशालि सुविधा र जनताले चाहे जस्तो सेवा दिने बताएका छन । न्यु सागर एण्ड सगरमाथा ट्राभल्सले पंजाव,हरियाणा देखी बुटवल सम्म गुणस्तरीय सेवा दिन आफुहरु कतै पनि नचुक्ने शाखा कार्यलय करनाल हरियाणा व्यवस्थापक समितीका सदस्य गोविन्द प्रसाद भुसालले बताए । कार्यक्रम नर बहादुर वलिको सञ्चालनमा सम्पन्न भएको थियो ।



