कृर्षि क्रान्ति बिना मुलुक को बिकास असम्भव : मन्त्री खनाल

सुर्य भुसाल 


सन्धिखर्क अर्घाखाँची (अर्घाखाँची डट्कम) संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेव ले कृषिको क्रान्ति बिना मुलुक को बिकास असम्भव रहेको बताउनु भएको छ ।उहाले अब मुलुक मा सबै खालका समस्या समधान भएको बताउदै अार्थिक क्रान्ति तर्फ सबै लाग्नु पर्ने बताउनु भएको हो ।उहाले
देशभरका जग्गाहरु सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको बताउदै त्यसतो कार्य तत्काल बन्द गरिने बताउनु भयो ।

बिशेश नापि कार्यलय अर्घाखाँची ले सन्धिखर्क वार्ड नम्बर २ मा अायोजना गरेको पुर्जा बितरण समारोह मा मन्तब्य राख्दै खनालले सरकारले कृषियोग्य जमिन बचाउन नया कार्ययोजना र नीति बनाउन शुरु गरेको दाबि गर्नु भएको हो ।
भुमिसम्बन्धि नीति, ऐन भुउपयोग नीती लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने मन्त्री खनाल को भनाइ छ ।
मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु , नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ खनाल को जिकिर छ ।

कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने बताउदै अर्घाखाँची को बिकास का लागि अाफु लागि पर्ने दाबि गरे ।
अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने बताए ।
नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबि गरे ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले अहिलेको सराकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए । 

नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्तयका लागि सरकार लागि परेको मन्त्री खनालले दाबि गरे कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्दबहादुर खड्का प्रदेस नम्बर पाचका सासदहरु रामजि प्रसाद घिमिरे निर्मला क्षेत्री जाल्पा भुसाल जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर सर्मा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगाएतले मन्तब्य राख्दै बिशेष नापिले गरेको कामको खुलेर प्रसम्सा गरेका थिए कार्यक्रममा रामबाण गुल्मका गुल्मपति अनिल केसि प्रहरि नायब उपरीक्षक नबराज मल्ल अनुसन्धान प्रमुख गोपाल पन्थि उधोग बाणिज्य सघका केन्द्रीय सदस्य कृस्न प्रसाद श्रेष्ठ वार्ड अध्यक्ष मोतिजग रायमाझी लगाएत का अतथिहरु को सहभागी ता रहेको थियोे ।

कार्यक्रम बिशेषनापि कार्यलयका प्रमुख खिम बहादुर राना को अध्यक्ष ता गोबिन्द पौडेल को सन्चालनमा भएको कार्यक्रममा कर्मचारी सगठनका केन्द्रीय सदस्य कबि सिह कठाएत कर्मचारी सगठनका पाच नम्बर सयोजक राजेन्द्र राना को उपस्थिति रहेको थियो ।