कतारमा अर्घाखाँचीबासीको नेता रायमाझीसँग भेटघाट

टेक राज थापा
कतार । अर्घाखाँची सेवा समाज कतारले भ्रमणको क्रममा नेपाल देखि कतार आउनु भएका पुर्व उपप्रधानमन्त्री तथा वर्तमान अर्घाखाँचीका प्रतिनिधि सभा सदस्यसँग भेटघाट गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुर कुमार परियारको सभापतित्वमा एवंम माननीय टोपबहादुर रायमाझी प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा सस्थाका प्रमुख सल्लाहकार क्रान्ति सिँह, संस्थाका विशेष सल्लाहकार जितेन्द्र पाण्डे, विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा पुर्व महासचिव बिष्णु प्रसाद भुसाल, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष देब परियार, मजदुर अभियान कर्ता बिबि खरेल, एनआरएन कतारका सह कोषाध्यक्ष मामा यसीन, परियार मित्रता समाजका प्रमुख लगाएत अतिथि रहेका थिए।
कार्यक्रममा जिल्ला बासी तथा गैर जिल्लाबासीहरु उल्लेखनीय उपस्थित रहेको थियो भने उपस्थितिहरुले खादा ओढाएर उहाँलाई सम्मान गर्नुभएको थियो । साथै उपस्थिति सम्पुर्णले परिचय दिनु भएको थियो ।कार्यक्रममा उपस्थिति सम्पुर्णलाई संस्थाका प्रथम उपाध्याय केदार नाथ भुसालले स्वागत  गरेका  थिए  ।
मन्तव्यको क्रममा सस्थाको समसमाहिक गतिविधि बारे सस्थाका प्रमुख सल्लाहकार क्रान्ति सिंह जिल्लाबाट रोजगारीको सिलसिला यहाँ आई विभिन्न समस्यमा परेका अलपत्र परेका ब्यक्तिहरुलाई उद्दार गरि स्वदेश फिर्ता पठाउने मात्र नभएर देशमा आई परेका प्राकृति प्रकोप तथा दैवी प्रकोपमा संस्थाले बिगतदेखि सहयोग गर्दै  आइरहेको बताए ।
छिटै जिल्लामा समाजले एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम अन्तिम चरणमा रहेको जानकारी गराउदै उक्त कार्यक्रममा संस्थाले औपचारिक रूपमापछि जानकारी गराउने बताउनु भयो । एम्बुलेन्समा आबस्यक पर्ने सामाग्री ब्याबस्थापनको कार्य भैइरहेको निजको कम्पनी सँग निरन्तर आफू सम्पर्कमा रहेको । कम्पनीको समस्याले गर्दा एक महिना पहिले आउने भनिएता पनि भन्सारमा केहीदिन रोकिनु परेकोले निर्धारित समयभन्दा केहि ढिला हुन गएको बताए  ।
मुस्लिम समाजको निमन्त्रणामा आफू आएको र अर्घाखाँची सेवा समाज सँग भेटघाट हुदा पाउँदा जिल्लामा पट्क पटक गएता यहाँ यसरी भेटघाट गर्न पाउँदा गर्बको खुसीको अनुभुती भएको मसुज गरेको बताउनु भयो । विभिन्न देशहरु आफू गएको र  गत बर्ष युएईमा गएको र त्यहाको दर्दानाक समस्य रहेको र कतारमा बस्ने यहाँहरुको स्थिति बारे यहाँ समस्याका एतिहासिक चिन्तन्न थियो । राजदुत सँग बसेर यहाँ बारेमा उहाँले गर्नु भएका बर्तमान एतिहासिक कामहरू तुलनात्मक केही अन्य देशको तुलनामा केही फर्क रहेको तर्क गर्दै अन्यत्रको तुलनामा श्रमजीवी केही दक्ष रहेको  ।
उहाले भन्नु भयो हाम्रो आबस्यकता र बाध्यले रोजगारीको खोजिमा हामी आएको र कसरी जीवन स्तर दक्षय गर्न निराकरण गर्ने हाम्रो देश साधन स्रोतको भरिपुर्ण रहेको र बिस्वमा अर्को देश नरहेको बताउनु भयो यहाँको चमत्कार देखेर हामिले पनि केही पाठ सिक्नु पर्ने बताउनु भयो । हामिले पनि लक्ष्यका साथ अगाडि बढ्नु पर्ने नियुनिकरण गर्नु पर्ने दीर्घकालीन रुपमा सरकाले नयाँ योजनाबद्ध अगाडि बढेको रायमाझी बताए ।
अन्त्यमा सस्थाका अध्यक्ष ठाकुर कुमार परियारले उपस्थिति सम्पुर्ण विशेष धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव टेकराज थापाले गरेका  थिए ।