तेह्रथुममा १५ वर्षीय किशोरीलाई करणी गरेको आरोपमा अहेब पक्राउ

news
तेह्रथुममा १५ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् । 
करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई हाल जिल्लाको छथर गाउपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्जिव यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।
अहेब यादवले नाबालिकालाई ललाई फकाई करणी गरेको भन्दै बालिकाको परिवारले उजुरी दिएपछि प्रहरी चौकी शुक्रबारेले शनिबार यादवलाई पक्राउ गरेको थियो । 
उनलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजन भुजेलले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु