दिल्लीमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजको नयाँ समितिको घोषणा सभा सम्पन

बाबुरोका मगर 
दिल्ली  । ‘राष्ट्रियताको रक्षा गरौं भारत स्थित नेपाली हरुको सुरक्षा गरौं ‘ आ-आफ्नो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन सफल पारौं भन्ने नारा सहित भारतको राजधानी दिल्ली स्थित एन्ड्रयुजगंज को सामुदायिक भवनमा कार्यक्रम सरु भएको थियो ।
कार्यक्रम को सुरुवात वीर शहिदहरुको सम्झनामा एक मिनेटको मौन धारणाबाट गरिएको थियो प्रमुख अतिथी पुर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमरेड चित्र बहादुर केसि र कमरेड  हरि आचार्य ज्युको उपस्थितिमा कार्यक्रम सन्चालन गरिएको थियो साथमा अतिथी मुल प्रवाह एकता समाज केन्द्रिय सचीव ठाकुर खनाल, लगायत अन्य वरिष्ठ नेताहरुको उपस्थिति रहेको सो कार्यक्रममा प्रवासमा काम गर्दै आएका देशप्रेमी नेपालीहरुको उपस्थिति संगै विभिन्न रक्तिम तथा देशभक्ती गितले कार्यक्रम लाई संगितमय बनाएको थियो । दिल्लीको चर्को गर्मीमा पनि  देशको चिन्ता गर्दै केही कुराहरु बुझ्नको लागि उपस्थित दर्शकरुले गर्मीको प्रवाह नगरी कार्यक्रम मा आफुलाइ एकीकृत गरिरहेका थिए ।
कार्यक्रममा बोल्दै कम्रेड चित्रबहादुर केसि ले भन्नू भयो नेपाल लाई भारतको तीन ठाँउबाट घेरेको हुँदा नेपाललाइ ब्यापार व्यावसायको लागि भारत संग सम्बन्ध राम्रो बनाउनुपर्छ र भारतले पनि छिमेकी राष्ट्र भएको नाताले नेपाल संग सम्बन्ध राम्रो बनाएको हुनुपर्दछ भन्दै बिगतको बर्ष भारतले नेपाल माथी नाकाबन्दी गरेकोमा आफुहरुले आपत्ति जनाउदै बिरोध गरेको उल्लेख गर्नुभयो साथै हरि आचार्यले पनि प्रवासी नेपालीहरुको सेवा सुरक्षा को निम्ति दुवै पक्षबाट गम्भीर ध्यानाकर्षण गर्नुपर्ने जोड दिनुभएको थियो ।
कार्यक्रममा रक्तिम कलाकारहरुको बेजोड प्रस्तुतीले उपस्थित दर्शकहरुलाइ भरिपुर्ण मनोरञ्जन दिएका थिए सो कार्यक्रम का अध्यक्षता तिलक पान्डेले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन शिव के.सि. ले गर्नुभएको थियो । मन्तव्य राख्ने क्रममा भारत प्रवासमा रहनुभएका विभिन्न जिम्मेवारी पार्टिका सदस्यहरुले आ-आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दुइओटा नगर समिती चयन गरि घोषणा गरिएको थियो जसमा समितिको विवरण यश प्रकार रहेको छ ।
१- (नइ दिल्ली नगर समिती)
अध्यक्ष :- बिन बहादुर के.सि 
उपाध्यक्ष :- तिलक खनाल
सचिव :-  बिष्णु खनाल
सहसचिव :- सालिकराम पौडेल
कोषाध्यक्ष :- राम बहादुर जि.एम
सदस्यहरू :- शिव के.सि, मुक्ती भुसाल, पहलसिह परियार,टेक बहादुर थापा, झबिलाल खनाल, निरज पुन,इन्द्रमणी भुसाल, सन्दिप भाट, सीता के.सि र मन बहादुर पुन।
बैकल्पिक सदस्यहरु:- बालकृष्ण पुन, कुलमान सारु, कृष्ण पाण्डे, ओम. प्रकाश केसि र करण पुन।
सल्लाहकार शिबलाल आचार्य, प्रेम जिएम, यम बहादुर केसि, आर बि राम, अह्याम खड्का, लाल बहादुर कुवर, राजु परियार, दिनेश पन्थी र दिपक भुसाल ।
२- (ओखला नगर समिती)
अध्यक्ष :-  बिजय खनाल
उपाध्यक्ष :- केशब थापा
सचिव :-  कन्या गुरुङ, प्रविण गुरुङ 
सहसचिव :- रिम कुमार जिएम 
कोषाध्यक्ष :- नर बहादुर रेश्मी 
सदस्यहरू :- गोपाल चौधरी, गिता पौडेल, ज्ञान बहादुर खड्का, बिक्रम के.सि, ज्ञानेन्द्र पौडेल, हरि ज्ञवाली, 
बैकल्पिक:- सन्जु नेपाली, सुरज परियार, भिम गुरुङ 
सल्लाहकार:- नरेन्द्र प्रसाद भुसाल, तिलक पान्डे दिपमाला गुरुङ, अर्जुन खड्का र वीर बहादुर बुचा ।