अर्घाखाँची डट्कम संवाददाता
भारत एजेंसिया (अर्घाखाँची डटकम) भारतको बैगंलोर स्थित चिक्काबल्लापुर जिल्लामा राष्ट्रिय परिवहन निगम कम्पनिको बसमा यात्रा गर्दा बसको कन्डक्टरले किसानको साथमा भएका २ वटा कुखुराको पनि टिकट काटिदिएको खबर छ ।
चिक्काबल्लापुरका पेड्डुङ्हल्ली निवासी किसान श्री निवासले गौरी बिदानिपुर बाट १५० रुपैयाँ प्रति दरले २ कुखुरा खरिद गरि आफ्नो घर फर्किनका लागी बसमा बसेका श्रीनिवासले २४ रुपैयाँ भाडाको लागी कन्डक्टरलाई ५० रुपैयाँको नोट दिएका थिए ।
श्रीनिवासले २६ रुपैयाँ फिर्ता पाउने विश्वास थियो तर कन्डक्टरले भने २ रुपैयाँ मात्र फिर्ता गर्यो । किसान श्रीनिवासले जब टिकट चेक गरि हेर्दा २ अतिरिक्त हाफ टिकट पनि कन्डक्टरले दिएको देखे , यस बारेमा कन्डक्टर संग म बाहेक बच्चा पनि छैनन फेरि किन २ वटा टिकट दिएको ? कन्डक्टरको जवाफ थियो २ वटा हाफ टिकट कुखुराको लिएको हु ।