दुवईमा छत्रदेव युएई सेवा समाजको गठन अध्यक्षमा : खनाल

अर्घाखाँची डट्कम संवाददाता


युएई ,(अर्घाखाँची डट्कम) छत्रदेव गाउँपालिका बाट रोजगारीको सिलसिला मा मध्य पुर्व युएई (दुवई) पुगेका छत्रदेव वासीहरु संगठित भई छत्रदेव युएई सेवा समाजको गठन गरेका छन ।

रोजगारीका लागी युएई पुगेका छत्रदेवका युवाहरुले आफ्नो कमाईबाट केहि रकम छत्रदेवमा आईपर्ने दुखद विपत र असायहरुका समस्यालाई समाजले सहयोग गर्ने मनसायले शिव खनालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति बनाएको छ ।

जस्को उपाध्यक्षमा भेषराज पाण्डे महासचिवमा ठाकुर प्रसाद पराजुली सचीवमा शिव पराजुली कोषाध्यक्षमा भिम बहादुर परियार सदस्यहरुमा कृष्ण केसि ,ओम प्रकाश खनाल रहेका छन त्यस्तै सल्लाहकारमा ईन्द्र बहादुर क्षेत्री र केशव खनाललाई चयन गरेको छ ।

समाजले दुवै मृगौला फेल भएकि छत्रदेब गाउपालिका ४ केरुङ्गा कि १० बर्षिय बालिका रचना गिरिको उपचार्थका लागी केहि रकम जम्मा गरिसकेको र अझ केहि रकम जम्मा गरि छिट्टै नै हस्तान्तरण गरिने बाबुराम पौडेलले बताए ।

त्यस्तै पालिकाको वार्ड नम्बर ४ केरुङ्गा कै एकल वृद्ध व्यक्ती चाइना बा बाट परिचित लाई पनि समाजले २१ हजार रुपैया जननी स्वरुप सहयोग गरेको छ ।