टेक राज थापा
कतार । ”अहिलेको आवस्यकता सर्लाही प्रवासीहरुमा एकता” भन्ने मुलनाराका साथ गठन भएको सर्लाही प्रवासी सेवा समाजको नवौ अधिवेसन भव्यताका साथ सफल सम्पन्न भएको छ।
कार्यक्रम दोहाको नज्मा स्थित अल नख्यान रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष पेम्बा घलानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथित्व मो.हुसेन खानको अतिथि रहनु भएको थियो।
कार्यक्रममा एनआरएनए एनसिसि कतारका अध्यक्ष नविन पोखरेल, एन सीसी निवर्तमान अध्यक्ष बिनेश तामांङ्ग , बुधबल गुरुङ , सुदर्शन भट्ट आई सिसि सदस्य विमल सुवेदी,नेपाली प्रवासी मंच कतारका अध्यक्ष चनाक पोख्ररेल, जनसम्पर्क समिति कतारका कार्यवाहक महामन्त्री केदार नाथ भुसाल, कतार नेपाली एकता समाजका केन्द्रिय कोषध्यक्ष धन बहादुर परियार, जनप्रगतिसिल मंच,कतारका संयोजक रकम ध्वज राई, तराई मधेश प्रवासी मंच, कतारका महासचिव सुर्य नारायण चौधारी, नेपाली प्रवासी आदिवासी जनजाती महासंघ ,कतारका द्वितीय उपाध्यक्ष, पुरुषोतम सुनुवार विशेष अतिथित्वमा रहनु भएको थियो ।
त्यसैगरी अतिथिहरुमा समाज सेवि कार्न्ति सिंह, अन्तर्राष्ट्रिय मुस्लिम समाजका अध्यक्ष मुकतदा मुस्लमान, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, मोरङ सुनसरी सेवा समाजका नियम भुजेल, बाग्लुङ्ग सेवा समाजका बावुराम गैरे, गोर्खा सेवा समाजका प्रथम उपाध्यक्ष रामजी खत्री, पर्वत युवा समाजका अध्यक्ष चिन्तामणी पौडेल, लमजुङ्ग सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ, मोना कतारका अध्यक्ष रमेश पौडेल, नेपाल मगर संघ शाखा, कतारका अध्यक्ष शेर बहादुर रोका मगर, समाज सेवा अभियान रुपन्देहिका अध्यक्ष डिल्ली राम भट्टराई, खस क्षेत्री सेवा समाजका अध्यक्ष खगेन्द्र कार्की , काभ्रेप्लान्चोक समाजका नन्द प्रसाद ढुङ्गाना लगाएत अतिथि रहनु भएको थियो ।कार्यक्रममा एनआरएनए एनसिसि कतारका अध्यक्ष नविन पोखरेल, पत्रकार महासंघ कतार शाखा निवर्तमान अध्यक्ष गणेश प्रसाद बन्जाडे, अर्घाखाँची सेवा समाजका महासचिव टेकराज थापा ,समाज सेबि कार्न्ती सिंह, अन्तर्राष्ट्रिय मुस्लिम समाज,कतारका अध्यक्ष मो. मुकतदा मुसलमान, नेपाली प्रवासी मंच कतारका अध्यक्ष चानक पोखरेल, जनसम्पर्क समिति कतारका कार्यवाहक महामन्त्री केदार नाथ भुसाल, कतार नेपाली एकता समाजका केन्द्रिय कोषध्यक्ष धन बहादुर परियार, जनप्रगतिसिल मंच, कतारका संयोजक रकम ध्वज राई, सुदर्शन भट्ट, काभ्रे समाजका नन्द प्रसाद ढुङ्गाना लगाएतले सुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यप्रतिवेदन राम इन्दल थिङ्गले पस्तुत गनुभएको थियो। समाजले विभिन्न समयमा एचआईभी संक्रमित बालबालिका शिक्षाको लागी बेबी लाइफ होममा आर्थिक सहयोग, कतारमा अलपत्र जिल्ला वासी भाग्य नारायण र हरी दास लाई स्वदेश फिर्ताको लागी हवाई टिकट,क्यासर पिडित कान्छीमाया तामाङ्गलाई आर्थिक सहयोग,जिल्ला बासीबाढिपिडित ४० घर परिवारलाई भाडाकुडा, सर्पदश हस्पिटल निमार्ण लागि आर्थिक सहयोग ब्लड क्यासर लालमाया ब्लोनलाई आर्थिक सहयोग गरेको बताए।
उक्त कार्यक्रममा बिभिन्न विधाहमा सहयोग गर्ने सस्थाका एक दर्जनौं भन्दा बढीलाई खादा ओढाएर सह सम्मान पत्रले सम्मान गरिएको थियो कलाकार सुस्मा लामा डाफे झैँ नाच्ने हिमाल झैँ हास्ने, अन्जान लामा माछिले खाने खोलिको ल्यु तथा अन्य कलाकारले पनि आफ्नो सांगीतिक नृत्य प्रस्तुत गरेका थिए ।
राम ईन्दल थिङ्गको संयोजक सदस्य हुसेन खान र श्याम लाल चौधारी रहेको विर्वाचन टोलीले पेम्वा घलानको अध्यक्षतामा निर्बिरोध १९ कार्यसमिति गठन गरेको छ । जस्मा १५ पुर्ण १ वैकल्पिक १ संरक्षक १ प्रमुख सल्लाहकार २ सल्लाहकार गरी १९ जनाको कार्यसमिति चेयन गरिएको छ ।
प्रथम उपाध्यक्ष कुमार न्यौपाने ,द्वितीय उपाध्यक्ष बुद्धि श्रेष्ठ ,महासचिव सुजन बराल ,सचिव पुर्ण ब. महत,कोषध्यक्ष राजेश भुजेल , सहकोषाध्यक्ष भिम बम्जन ,सदस्यहरुमा भेष बहादुर घिसिङ्ग,ज्ञान बहादुर बम्जन, निर्मल घिसिङ्ग , पदम बहादुर बल, धन बहादुर मोक्तान ,देबेन्द्र पाख्रिन ,शंकर कार्की , बैकल्पीक सदस्य ओक बहादुर भुजेल , संरक्षक राम ईन्दल थिङ्ग , प्रमुख सल्लाकार श्याम लाल चौधारी सल्लाहकारहरु होम बहादुर स्याङबो , हरि लाल महतो रहनु भएको छ । कार्यक्रमको संयोजक कुमार न्यौपानेले गरेका थिए ।