दाङ समाज कतारले तिज विशेष कार्यक्रम आयोजना गर्ने

टेक राज थापा 
 कतार । “दाङ देउखुरीको चाहाना, प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना ” भन्ने मूल नाराको साथ् स्थापित भएको समाजले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर छात्रवृति कोष स्थापनार्थ “तिज विशेष कार्यक्रम” आयोजना गर्ने भएको छ।
जिल्लामा रहेका जेहेन्दार तथा असाय पिछडिएका विद्यार्थीहरुका लागि छात्रवृति कोष स्थापनार्थ “तिज विशेष कार्यक्रम” आयोजना गर्ने भएको हो। कार्यक्रम आगामी ७ सेप्टेम्बर २०१८ शुक्रबारको दिन कतारको नज्मा स्थित सालिमार प्लेस रेष्टुरेन्टको हलमा आयोजना हुने भएको छ।
सोहि कार्यक्रमका लागि नेपालदेखी चर्चित लोक तथा दोहोरी गायिका अ्मृता लामिछाने तथा गायिका कामना ओलि कतार आउने भएका छन । कलाकारको भिसा टिकट प्रक्रिया पुरा भई सकेको उक्त कार्यक्रममा महिलाहरुलाई प्रवेश नि:शुल्क गराइनेछ भने पुरुषहरु प्रवेशका लागि कतारी रियाल ४० को टिकट रहेको संस्थाका अध्यक्ष बसन्त राज पुरीले साझा नेटवर्कलाई जानकारी दिए ।
समाजले कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरुलाई आगामी इदको समयमा पत्रचार गर्ने गरि तयारि गरेको यदि संयोग बस निज सम्म पत्र न आएको खण्डमा समाजसेबी, बुद्दिजिबि,ब्यबसायिक ,पत्रकार तथा सुभेच्छुकहरुमा उपस्थिति भई कार्यक्रम सफल बनाउनका आर्थिक भौतिक नैतिक रुपम सहयोग गर्न सबैमा आहवान गरेको छ।