कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न चित्र बहादुर केसी कतार आईपुगे

टेक राज थापा
कतार । पाचौं राष्ट्रिय सम्मेलनको लागि पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कतार आईपुगेका छन । कतार नेपाली एकता समाजको आगामी बक्र इदमा हुन गैरहेको पाचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न केसी कतार आएका हुन ।
समाजका अध्यक्ष लुमकान्त पुन मगर लगाएतले हमद अन्तर्राष्ट्रिय एअरपोर्टमा के. सी लाई भब्य स्वागत गरेका थिए । कार्यक्रम तयारी तिब्र गतिले भैइ रहेको र समाजले पत्राचार गरि सकेको बताइएको छ ।
भुल बस सम्बन्धित निकायसम्म पत्र  नपुगेको खण्डमा यसै समाचारलाई आधार मानी कतारमा स्थानपित सामाजिक, बैचारिक, जातीय संघ संस्था तथा बुद्धिजीवी, व्यवसायी पत्रकार, सुभेच्छुकहरुमा गरिमामय उपस्थितिको लागि समाजले आह्वान गरेको छ ।