
काठमाडौं, नेपाल ग्यासले ‘नपड्कने’ कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ ।नेपालको सबैभन्दा पूरानो ग्यास उद्योग नेपाल ग्यासले एलपी ग्यास कम्पोजिट सिलिन्डर बजारमा ल्याएको हो ।
राजधानीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सिलिन्डरको बजार प्रवेश गराएका हुन् । यो आगोले पनि विस्फोट नहुने पूर्णसुरक्षित रहेको दाबी गरिएको छ ।
यो पारदर्शी भएकाले उपभोक्ताले ग्यासको लेभलसमेत सजिलै जाँच्नसक्ने जनाइएको छ ।
यो अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेन्डलीसमेत मानिएको छ । सिलिन्डर १४.२ र ५ केजीमा उपलब्ध छन् ।
१४.२ किलोको ९२२५ रुपैयाँ र ५ किलोको ६९९५ रुपैयाँ बजार मूल्य कायम गरिएको छ । उद्योगका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल ग्यास आफ्नो समूहले किनेपछि पूर्णस्वचालित बनाएको र उपभोक्तालाई सुरक्षित ग्यास दिने उद्देश्यले कम्पोजिट सिलिन्डर बिक्री सुरु गरेको बताए ।
कार्यकारी निर्देशक गोकुल भण्डारीले पनि उद्योगले पूर्णगुणस्तरीय सिलिन्डर उपलब्ध गराउँदै आएकोमा यी सिलिन्डर थप भरपर्दो रहेको दाबी गरे । यस उद्योगको प्रत्येक सिफ्टमा १२ हजार सिलिन्डर उत्पादन गर्ने र उपभोक्ताको मागअनुसार एक हजार टनसम्मको भन्डार गर्ने क्षमता रहेको जनाइएको छ । इमेज खवरमा समाचार छ



