लुधियानामा तिज मेला हुदै आधा दर्जन भन्दा धेरै कलाकार आउदै

पशुपति श्रेष्ठ


भारत लुधियाना (अर्घाखाँची डट्कम) हिन्दु महिलाहरुको महानचाड हरितालिका तिजको अवसर पारेर न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्सले तिज मेला २०७५ को आयोजना गर्ने भएको छ ।

विगतका वर्षहरुमा जस्तै यसपाली पनि आफ्नो मौलिक रितिरिवाज ,परम्परालाई जोगाउदै नेपालका ख्याती प्रयाप्त कलाकार ल्याएर प्रवसासमा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउदै आएको ट्राभल्सले यसपालीको तिजमा पनि आधा दर्जन भन्दा धेरै कलाकार ल्याउने भएको हो ।

लुधियानाको भारत नगर चोकमा रहेको गुरुनानक भवनमा सेप्टेम्बर १२ तारीख बुधबारका दिन बिहान १० बजे बाट सुरु हुने कार्यक्रममा चर्चित राजेन्द्र कडेल,विजय सुनाम ,हरिमाया रायमाझी ,पवित्र सर्तुङ्गे , शान्ता परियार ,अनु राना,टिकाराम गौतम ,नारायण बिपि लगायतका कलाकार आउने भएको सगरमाथा टुर एण्ड ट्राभल्सका दिनेश कुमारले जानकारी दिए ।

न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्सले विगत लामो समय देखी भारत आवत र नेपाल जावतका लागी आरामदायी र भर पर्दो यात्रा गराईरहेको छ ।