टेक राज थापा
कतार । एनआरएन एनसीसी, कतारको समन्वयमा कतारमा स्थापित संघ संस्थाहरुको संयुक्त आयोजनामा तिज बिशेष कार्यक्रम हुने भएको छ ।
नेपाली हिन्दुनारीहरुको महान् चाड हरितालिका तिजको अबसरमा प्रवासमा रहेका नेपाली दिदीबहिनीहरु बिचको भातृत्वको भावानालाई प्रर्वद्धन गर्न,गराउनको लागी संस्थाले यस्ता कार्यक्रम गरिदै आएको छ।
गैरआवासीय नेपाली संघ,राष्टिय समन्वय परिषद् कतारको समन्वयमा कतारमा स्थापित संघ सस्थांहरुको संयुक्त आयोजनामा नेपालबाट राष्टिय कलाकार शिलु भट्टराईको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
समाजले स्थापना काल देखि नै कतारमा स्थापित संघ संस्थाहरु बीच समन्वयमा बिभिन्न चाड पर्व मनाउदै आएको छ। हाल परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै वातावरण बनाउन एकै स्थानमा भेला गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउने निणर्य गरेको संस्थाका महासचिब बुधबल गुरुङले साझा नेटवर्कलाई जानाकारी दिए।
कार्यक्रमा आयोजक रुपमा कतारमा कार्यरत महिला दिदीबहिनीहरुलाई समक्ष आयोजक संस्थाको तर्फबाट एनआरएन एनसीसी कतारले गरिमामय उपस्थितिको लागि हार्दिक अपिल गरेको छ । स्थापित विभिन्न संघ संस्थामा आबद्ध रहेका महिला विभागलाई उपस्थितिको लागि बिशेष आहवान गरेको छ।
साथै महिला दिदीबहिनीहरुलाई भने प्रवेश सुल्क निसुल्क गरिएको छ भने पुरुष दाजुभाईहरुलाई प्रबेश सुल्क क.री ५० लाग्ने एनसीसीका प्रचारप्रसार संयोजक अशोक तामाङ्गले सम्बादको क्रममा जानकारी गराएका छन् ।
तपसिल
मिति : १४ सेप्टेम्बर २०१८
समय : दिनको १२ .०० बजे
स्थान गल्फ प्याराडाईज होटलको सभा हाल जैडा ब्रिज नजिक दोहा