टेक राज थापा
कतार । “दाङ देउखुरीको चाहाना, प्रवासमा सभ्य एवं सुरक्षीत रोजगारको कामना” भन्ने नाराका साथ समाजले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा जिल्लामा रहेका अनाथ बालबालिका छात्रवृति कोष स्थापनाको लागि तीज विशेष कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ।
हिजो ७ सेप्टेम्बर २०१८ का दिन डल्ला एकेडेमीको सभा हलमा सस्थाका अध्यक्ष बसन्त राज पुरीको सभापतित्वमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद गल्फ संयोजक आर के शर्माको प्रमुख अतिथित्वमा कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हुम बहादुर बस्नेतले उपस्थितिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा कतारमा स्थापित संघ संस्थाहरु प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्दिजिबि, पत्रकार अतिथि रहेका थिए । उक्त कार्यक्रममा सुभकामना मन्तव्यको क्रममा प्रवासी नेपाली एकता मंचका अध्यक्ष चानक पोख्रेल, लोकदोहोरी प्रतिष्ठान शाखा कतारका अध्यक्ष कृष्ण बराल, गल्फ संयोजक आर के शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रवासमा रहेता नेपाली महिला दिदिबहिनीहरु आफनो रितिरिवाज झल्कने हरियो चुरा पोते रातो साडीमा मेन्दीमा चिटिक्क सजिएका आएका देख्न सकिन्थ्यो भने कार्यक्रममा छम छम नाचिरहेका देखिन्थ्यो कोहि भने आपसमा बसेर दिदिबहिनीहरु बसेर भलाकुसारी गरिएको देखिन्थ्यो । साथै समाजले उपस्थिति सबैलाई दरमा सेल रोटी खिर अचारका परिकारहरु रहेको थियो भने प्रवासमा रहेर पनि नेपाली दिदीबहिनीहरुलाई सामुहिक रुपमा भेला गरि नेपाली परम्परा अनुसार तिजको दर खुवाएका थिए ।
समाजको निमन्त्रणा नेपाल देखि आएका राष्ट्रिय कलाकार द्वय अमृता लामिछाने र कामना वोलीले आ-आफ्ना फरक खालाका करिव आधा दर्जन गित प्रस्तुत गरेर दर्शक श्रोतालाई छम छम नचाएका थिए । तेस्तै स्थानीय कलाकार साजना स्वोणकार, आरधना क्षेत्री/सुदिप पाठकले नृत्य प्रस्तुत गरेका थिए भने सुदिप पुन, शान्ता थपलिया, भरत केसी, शरद पाण्डे, शिव सर्गम, रामबाबु बोहराले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने हास्यकलाकार सन्तोष गिरी, स्याम भुसाल कमेडी पस्तुत लगाएत १ दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो संगीतक तथा नृत्य प्रस्तुति प्रस्तुत गरे भने समाजको महिला विभाग अन्तरगतका कलाकाहरु रक्षा सेन, रेखा डागी, रसिला सिंह, सम्झना गुरुङले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम सहजीकरण सस्थाका महासचिब लिला धर आचार्य र सास्कृतिक विभागका सह संयोजक राजन चापागाई र समाजकी महिला विभागकी सचिब मन्जु सिंह गरेका थिए भने कार्यक्रम संयोजक छविलाल बुढाथोकीले कार्यक्रमको दौराहनमा बिभिन्न समयमा आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्ने सम्पूर्ण संघ संस्था तथा सहयोगी दाताहरुलाई बिशेष धन्यवाद प्रकट गरेका थिए ।