भारतको पंजाव देखी नेपालसम्म पारावहन संचालनको लागी प्रकिया सुरु गर्न सकिन्छ : ढिल्लों


डिआरजी सुमन

पञ्जाव, लुधियाना (अर्घाखाँची डट्कम) भारतको पंजाव राज्य देखी नेपालको लागी पारावहन संचालनको लागी प्रकिया सुरु गर्न आफुले केन्द्र सरकारसँग कुरा राख्ने आश्वासन दिदै नेपालीको मुख्य पहिचान विश्वास रहेको एमएलए सानेवालका शरणजित सिङ ढिल्लोंले बताएका छन ।

न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स लुधियानाले आयोजना गरेको खुला तीजगीत प्रतियोगिता कार्यक्रमको प्रमुख अथितीको रुपमा रहेका सांसद ढिल्लों ले नेपालीको लागी आवश्यक पर्ने सवै प्रकारको सहयोगका लागी आफु तयार रहेको बताएका हुन ।

यस्तै समितिका संस्थापक राजकुमार अधिकारीले नेपाल भारत पारावहन संझौता वमोजिम नै नेपाली र भारतीय दुवै व्यावसायीलाई असर नपर्ने गरि यस कम्पनिको गतिविधि भईरहेको जिकिर गरे कसैसँग प्रतिस्पर्धा गर्नु भन्दा पनि सवैसग मिलेर सवैको व्यावसाय चलाउने काम गर्नुपर्ने समितिका अध्यक्ष नारायण पौडेलले आफ्नो धारणा व्यक्त गरेका थिए ।

त्यस्तै समितिका बाबुराम घिमिरेले हामी यात्रुहरुको माँग वमोजिम नै सेवा दिन तयार रहेको र आज सम्म कुनैपनि समस्या नआएको दावी गरे, हाम्रो मुल उद्देश्य व्यावसायिक रुपमा सेवा दिनु नै हो हामी कसैसग पनि दुश्मनी नगरि काम गर्न चाहेको ईश्वर घिमिरेले बताए ।

भारत नेपाल सिमानाकामा नेपालीले सास्ती व्यहोर्न परेको गुनासो आउने गर्छन कारण के हो भन्ने पत्रकारको जिज्ञासामा कम्पनिका सोनु विकले आफुहरुवाट सिमामा सहयोग गरिएको,२० हज़ार भन्दा धेरैको समान लैजादा वा नयाँ विद्युतीय सामान लैजादा भारतको तर्फवाट दिईने जिएसटि विल आवश्यक पर्ने तर कयौ यात्रुले यसरी प्रक्रिया पुरा नगर्ने हुदा भारतीय तथा नेपाली भन्सार विभागमा समस्यामा पर्न परेको हो ,यदि कुनैपनि यात्रुले केही महत्त्वपूर्ण सामान लैजादै गर्दा कुनै शंका वा डर लाग्ने भएमा हामी संचालकसँग कुरा गरेर लगेमा सहज रुुुपमा समस्या समाधान गरिने उल्लेख गरे ।

न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स नेपाल समितिका अध्यक्ष प्रकास परियारले नेपाली कम्पनिहरुसग पनि मिलेर काम गर्न चाहान्छौ यदि कसैले यो विषयलाई मनपरि गरेर आफ्नै तवरले चल्दा हामीले पनि सोच्न पर्ने बताए ।

कार्यक्रमम लोकगायक नारायण विपी परियार गायिका पवित्रा सर्तुंगे वराल,अनु राना मगर र मोडल तथा गायिका अमृता बरालले दर्शकहरुले खचाखच भरिएको कार्यक्रमहलमा तिजका गित गाएर छम छम नचाएका थिए भने, प्रतियोगीतामा चन्दा सुनार प्रथम ,पुष्पा भाट क्षेत्री दृतिय र पुजा परियार तृतीय भएका थिए ।

पत्रकार पशुपति श्रेष्ठ,अर्जुन खनाल लगायतको उपस्थिती रहेको कार्यक्रम लुधियानाको जिवन नगरमा भएको कार्यक्रम नारायण पौडेलको अध्यक्षता, एमएलए शरणजित सिङ ढिल्लोंको प्रमुख आतिथ्यता प्रवासी संघका हरि घिमिरे,मुल प्रवाहका विमला अधिकारी,जन सम्पर्क समितीका राम वहादुर सहित समाजसेवी विकास रेस्मी,अजय विक लगायतको आथित्यता रहेको कार्यक्रम सचिव राम प्रसाद भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।