
पञ्जाव ,लुधियाना (अर्घाखाँची डट्कम) हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा प्रवासि नेपाली संघ र अखिल भारत एकता मञ्च लुधियानाको संयुक्त तिजि कार्यक्रम भव्यरुपमा मनाएको छ ।

नेपाल देखि लुधियानामा रोजगारी ,व्यवसाय गर्दै आएका नेपाली महिला र पुरुषहरुको व्यापक उपस्थिति रहेको कार्यक्रम ढोलेवाल स्थित पिटिसी भवनमा भएको हो ।

महिला समिती अध्यक्ष देवकुमारी कुवरको अध्यक्षता हरि प्रसाद घिमिरेको प्रमुख आथित्यता रहेको थियो, स्वदेश तथा विदेश जहा भएपनी सदियौ देखी मनाउदै आएको हरितालिका तिजलाई आफ्नो परम्परा ,रितिरिवाज अनुसार मनाउनुपर्छ जोगाई राख्नुपर्छ भन्ने सोचका साथ संयुक्त संगठन द्धारा आयोजित कार्यक्रममा लुधियानामा रहेका नेपाली महिलाहरुले हर्सोउल्लासका साथ मनाएका हुन ।

नेपालीहरुले खचाखच भरिएको भवनमा प्रमुख अतिथि घिमिरेले रिवन काटेर कार्यक्रमको उद्धघाटन गर्दै तिजको शुभकामना दिनु भएको थियो , प्रदेशमा भएपनी महिलाहरुले नेपालमै भएको अनुभुती गर्दै मादलुका तालमा महिलाहरुले आफ्नै मौलिक झल्काउने गित हरु गाउदै नाच्दै रमाउदै खुशियाली देखिएका थिए ।

कार्यक्रममा कृष्ण प्रसाद भट्टराई ,मनिराम पौडेल , राम प्रसाद घिमिरे , चित्र बहादुर परियार , पदम केसि ,कृष्ण महत ,नारायण दत्त भट्ट ,भुपंति पाण्डे , पर्शुराम घिमिरे ,सिपिआइएमका कार्यलय सचिव मञ्जित सिंह ,नेपाली जनसम्पर्क समितीका तारा प्रसाद बेल्वासे, निमा थापा






